बिहिवार, जेठ ७ २०८३
काठमाडौं । हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा Not Graded (NG) आएका विद्यार्थीहरूको विषयगत शिक्षकहरूसँग लिखित स्पष्टीकरण माग गरेको छ।
गाउँ शिक्षा समितिको २०८३ जेठ ७ गते बसेको बैठकको निर्णयअनुसार हेलम्बु गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयका सम्बन्धित शिक्षकहरूलाई लिखित स्पष्टीकरणसहित २०८३ जेठ १३ गते बिहान १० बजे गाउँ कार्यपालिकाको कार्यालयमा उपस्थित हुन पत्राचार गरिएको हो।
गाउँपालिकाले गत शैक्षिक सत्र २०८२ को एसईई नतिजामा NG आएका विषयसँग सम्बन्धित शिक्षकहरूलाई कारणसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको जनाएको छ। यस कदमलाई विद्यालयको शैक्षिक गुणस्तर, नतिजा विश्लेषण तथा शिक्षकको जिम्मेवारी सुनिश्चित गर्ने प्रयासका रूपमा हेरिएको छ।
