शुक्रवार, जेठ ८ २०८३
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा नेपाल सरकारको निर्णयअनुसार परीक्षा सम्पन्न भएको एक महिनाभित्र प्रकाशन हुने भएकाले कक्षा ११ को पठनपाठन पनि विगत वर्षको तुलनामा छिट्टै सुरु गर्ने निर्णय गरेको छ।
मन्त्रालयले मिति २०८३ साल जेठ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै कक्षा ११ को पठनपाठन असार १ गतेबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सो निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक सूचना प्रवाह तथा सम्बन्धित निकायमा पत्राचार गर्न लेखी पठाउने निर्णय गरेको जनाएको छ।
यस निर्णयसँगै विद्यालय तथा सम्बन्धित शैक्षिक संस्थाहरूलाई कक्षा ११ को नयाँ शैक्षिक सत्र समयमै सञ्चालन गर्न तयारी गर्न आग्रह गरिएको छ।
