Jul 29 2026 | २०८३, श्रावण १३ गते

जाँदाजाँदै शिक्षा मन्त्रीले उठाए चुनाव खर्च !

जाँदाजाँदै शिक्षा मन्त्रीले उठाए चुनाव खर्च !

  • 656
    SHARES

  • जाँदाजाँदै शिक्षा  मन्त्रीले उठाए चुनाव खर्च !

    शिक्षा क्षेत्रमा राजनितीक चन्दा असुली पुरानै रोग हो। मन्त्री, राजनीतिक नेतृत्व तथा विद्यार्थी संगठनहरु द्वारा निरन्तर विभिन्न बाहनामा बार्गेनिङ गर्ने र आर्थिक आर्जन गर्ने परम्परा नयाँ भने होइन । 

    यसैक्रममा निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै गर्दा विदेशी सम्बन्धनमा खुलेका कलेजहरूको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन गर्दै १५ लाखभन्दा बढी आर्थिक चलखेल गरेका छन् ।

    शिक्षामन्त्री भएदेखि नै यस्ता कलेजहरूको फाइदाका लागि काम गरेका आरोप पटक पटक लाग्ने गरेका उनले मन्त्रीबाट बिदा हुनुभन्दा अघिल्लो दिन राति ९ वटा कलेजको ठाउँ र विश्वविद्यालय परिवर्तन गर्न सहमति दिएका हुन् । ती कलेजबाट ‘मन्त्रीलाई चुनाव खर्च’ भन्दै उक्त रकम उठाइएको मन्त्रालयको उच्च स्रोतको दाबी छ ।

    यसअघि प्रचण्डका घरबेटी समेत रहेका दुर्गा प्रसाईंले झापामा मेडिकल कलेज एफिलेसनको नाममा करोडौ रकमको बार्गेनिङ गरेको र यस्तो कार्यमा समेत कृष्णगोपाल श्रेष्ठ र उनी मार्फत प्रधानमन्त्री ओलि समेत मुचिएका थिए ! 

    images
    शुक्रवार, श्रावण १ २०७८११:३२:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार