Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौँ महानगरको छात्रवृत्तिमा ५ हजार सिटका लागि २७ हजार आवेदन

काठमाडौँ महानगरको छात्रवृत्तिमा ५ हजार सिटका लागि २७ हजार आवेदन

  • 338
    SHARES

  • काठमाडौँ महानगरको छात्रवृत्तिमा ५ हजार सिटका लागि २७ हजार आवेदन

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने कक्षा ११ र १२ को छात्रवृत्ति कार्यक्रमका लागि यस वर्ष करिब २७ हजार विद्यार्थीले आवेदन दिएका छन्। महानगरअन्तर्गतका विभिन्न संस्थागत विद्यालयहरूमा उपलब्ध करिब ५ हजार छात्रवृत्ति सिटका लागि आवेदन परेपछि प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।

    काठमाडौँ महानगरपालिका शिक्षा विभागले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार शैक्षिक सत्र २०८३/०८४ का लागि छात्रवृत्तिमार्फत विद्यार्थी छनोट गर्न अनलाइन आवेदन प्रक्रिया सञ्चालन गरिएको थियो। आवेदन दिएका विद्यार्थीहरूको विवरण तथा कागजात परीक्षण गरी स्वीकृत (Approved), अस्वीकृत (Rejected) वा ‘अन्डर भेरिफाइड’ (Under Verified) गर्ने प्रक्रिया जारी रहेको विभागले जनाएको छ।

    सूचनामा आवेदन फारममा त्रुटि भएका वा आवश्यक कागजात अपुग भएका विद्यार्थीहरूले जेठ १२ गतेभित्र पुनः आवश्यक कागजात अपलोड गर्नुपर्ने उल्लेख छ। तोकिएको समयभित्र कागजात पेश नगरे वा विवरणमा त्रुटि कायम रहे आवेदन स्वतः रद्द हुने चेतावनी दिइएको छ।

    त्यस्तै, आवेदन विवरण रुजु गर्ने कार्य जेठ १३ गतेसम्म जारी रहने जनाइएको छ। विभागले फारम भेरिफिकेसन प्रक्रियामा रहेका परीक्षार्थीलाई धैर्य गर्न आग्रह गरेको छ।

    छात्रवृत्ति आवेदन स्वीकृत भएका विद्यार्थीहरूले जेठ १४ गते बिहान १० बजेदेखि सम्बन्धित पोर्टलबाट प्रवेशपत्र डाउनलोड गरी रङ्गीन प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ।

    सीमित छात्रवृत्ति सिटका लागि ठूलो सङ्ख्यामा आवेदन परेपछि यस वर्ष काठमाडौँ महानगरको छात्रवृत्ति छनोट प्रक्रिया निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

    1779679032539~2.jpg

    images
    सोमवार, जेठ ११ २०८३०९:०७:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार