Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालयलाई विद्युत चोरी आरोप : ८० हजार रुपैयाँ जरिवाना तिर्न विद्युत प्राधिकरणको ताकेता

विद्यालयलाई विद्युत चोरी आरोप : ८० हजार रुपैयाँ जरिवाना तिर्न विद्युत प्राधिकरणको ताकेता

  • 120
    SHARES

  • विद्यालयलाई विद्युत चोरी आरोप : ८० हजार रुपैयाँ जरिवाना  तिर्न विद्युत प्राधिकरणको ताकेता

    स्याङ्जा — नेपाल विद्युत प्राधिकरण अन्तर्गतको स्याङ्जा वितरण केन्द्रले विद्युत चोरीसम्बन्धी आरोपमा पन्चकन्या माध्यमिक विद्यालय लाई करिब ८० हजार रुपैयाँ जरिवाना तथा छुट बिल भुक्तानी गर्न ताकेता गरेको छ।

    प्राधिकरणले जारी गरेको पत्रअनुसार पन्चकन्या सरस्वती मन्दिरको नाममा रहेको विद्युत मिटर विद्यालय प्रयोजनका लागि प्रयोग गरिएको पाइएको थियो। यसअघि पनि विद्युत चोरी नियन्त्रण ऐन २०५८ बमोजिम कारबाही गरी छुट बिल तिराइएको उल्लेख छ।

    तर पुनः मिटर बाकसको सिल तोडेर वा नष्ट गरी मिटरको टर्मिनलमा छेडछाड (म्यानिपुलेट) गरेर उस्तै प्रकृतिको विद्युत चोरी गरिएको स्थलगत निरीक्षणका क्रममा फेला परेको प्राधिकरणको दाबी छ।

    विद्युत चोरी नियन्त्रण ऐन २०५८ को दफा ११ उपदफा (२) अनुसार अनुसन्धान टोलीले गरेको हिसाबमा प्राधिकरणलाई भएको क्षतिबापत रु. २६ हजार ६४० र त्यसको २०० प्रतिशत जरिवाना रु. ५३ हजार २८० गरी कुल रु. ७९ हजार ९२० भुक्तानी गर्न भनिएको छ।

    प्राधिकरणले सम्बन्धित पक्षलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी उक्त रकम बुझाउन अनुरोध गरेको छ। पत्र स्याङ्जा वितरण केन्द्रबाट २०८३ जेठ ५ गते जारी गरिएको हो।

    images
    बुधवार, जेठ १३ २०८३०७:२३:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार