Jul 27 2026 | २०८३, श्रावण ११ गते

‘कृत्रिम बुद्धिमत्ता, अवसर र चुनौती’ विषयमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता हुने

‘कृत्रिम बुद्धिमत्ता, अवसर र चुनौती’ विषयमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता हुने

  • 441
    SHARES

  • ‘कृत्रिम बुद्धिमत्ता, अवसर र चुनौती’ विषयमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता हुने

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा अन्तरविद्यालय स्तरीय ‘दोस्रो प्याब्सन वक्तृत्वकला प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिता प्याब्सन नागार्जुन नगरको संयोजनमा आगामी जेठ ३० गते शुक्रबार काठमाडौंको स्युचाटरस्थित काठमाडौं भ्याली स्कुल एण्ड कलेजमा आयोजना हुने भएको हो।

    प्याब्सन काठमाडौंका अनुसार प्रतियोगिताको विषय ‘कृत्रिम बुद्धिमत्ता (AI): अवसर र चुनौती’ तय गरिएको छ। प्रतियोगितामा प्याब्सन सदस्य विद्यालयका कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन्। विभिन्न महानगर तथा नगरपालिकाबाट तोकिएको कोटाअनुसार कुल ४५ जना विद्यार्थी सहभागी हुने व्यवस्था गरिएको छ।

    सहभागी विद्यार्थीको नाम सम्बन्धित नगरले छनोट गरी जेठ २७ गतेभित्र जिल्ला प्याब्सन कार्यालयमा दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ। निर्धारित समयपछि प्राप्त नामावलीलाई प्रतियोगितामा सहभागी नगराइने जनाइएको छ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै सात जना सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई मायाको चिनो उपलब्ध गराइने जानकारी दिइएको छ।

    FB_IMG_1779863683118.jpgFB_IMG_1779863683672.jpg

    images
    बुधवार, जेठ १३ २०८३१२:४३:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार