Jul 27 2026 | २०८३, श्रावण ११ गते

संघीय अनुदान शिक्षकद्वारा मासिक रु. ५ हजार महङ्गी भत्ता माग

संघीय अनुदान शिक्षकद्वारा मासिक रु. ५ हजार महङ्गी भत्ता माग

  • 1.1K
    SHARES

  • संघीय अनुदान शिक्षकद्वारा मासिक रु. ५ हजार महङ्गी भत्ता माग

    काठमाडौँ । संघीय अनुदान शिक्षकहरूले महङ्गी भत्ता माग गर्दै शिक्षा मन्त्रालयमा ध्यानाकर्षण गराएका छन्। देशभर कार्यरत १० हजार ८६६ सङ्घीय अनुदान शिक्षकहरूको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष संयुक्त निवेदन पेश गर्दै आगामी आर्थिक वर्षको बजेटमा मासिक रु. ५ हजार महङ्गी भत्ता व्यवस्था गर्न माग गरिएको हो।

    निवेदनमा वर्तमान आर्थिक शिथिलता र बढ्दो महङ्गीका कारण न्यून तलबमानमा जीवनयापन गर्न कठिन भइरहेको उल्लेख गरिएको छ। नेपाल सरकारले अन्य राष्ट्रसेवक कर्मचारी, स्थायी तथा राहत शिक्षकहरूलाई महङ्गी भत्ता उपलब्ध गराए पनि सङ्घीय अनुदान शिक्षकहरू भने उक्त सुविधाबाट वञ्चित रहेको गुनासो गरिएको छ।

    उनीहरूले समान कार्यभार बहन गर्दागर्दै पनि आफूहरूलाई विभेद गरिएको महसुस भएको भन्दै आगामी बजेट वक्तव्यमा स्पष्ट रूपमा महङ्गी भत्ताको व्यवस्था गर्न आग्रह गरेका छन्। साथै शिक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री तथा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गरी बजेट विनियोजन सुनिश्चित गर्न माग गरिएको छ।

    संघीय अनुदान शिक्षक सङ्घ/प्रतिनिधिमण्डलद्वारा पेश गरिएको उक्त निवेदनको बोधार्थ प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई समेत पठाइएको छ।

    FB_IMG_1779932845848.jpg

    images
    बिहिवार, जेठ १४ २०८३०७:३६:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार