Jul 27 2026 | २०८३, श्रावण ११ गते

युवा इन्जिनियरलाई इन्टर्नसिप र अनुसन्धानमा सहयोग गर्न त्रिवि र एयरवसबीच सहमति

युवा इन्जिनियरलाई इन्टर्नसिप र अनुसन्धानमा सहयोग गर्न त्रिवि र एयरवसबीच सहमति

  • 398
    SHARES

  • युवा इन्जिनियरलाई इन्टर्नसिप र अनुसन्धानमा सहयोग गर्न त्रिवि र एयरवसबीच सहमति

    काठमाडौं, वैशाख १४ । त्रिभुवन विश्वविद्यालय र एयरबस (Airbus India Pvt.Ltd ) बीच युवा इन्जिनियरलाई इन्टर्नसिप, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिताको अवसर प्रदान गर्ने उद्देश्यले सहमतिपत्रमा हस्ताक्षर भएको छ।

    शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्य र एयरवस इन्डिया प्रालिका अध्यक्ष Jurgen Westermeier ले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो।

    FB_IMG_1779972321879.jpg

    सहमतिअनुसार त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानमा Aerospace Engineering अध्ययनरत विद्यार्थीलाई एयरवससँग सहकार्य गरी इन्टर्नसिप, अनुसन्धान तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिताको अवसर उपलब्ध गराइनेछ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति बज्राचार्यले शिक्षालाई उद्योगसँग जोड्ने कार्यलाई निरन्तरता दिँदै विद्यार्थीका लागि थप अवसर सिर्जना गरिने बताउनुभयो। एयरवसका अध्यक्ष वेस्टरमायरले नेपाल युवा शक्तिले भरिएको गतिशील देश भएकाले त्यसलाई विकासमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले यस सहकार्यले युवा इन्जिनियरमा सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    FB_IMG_1779972330521.jpg

    नेपालका लागि फ्रान्सकी राजदूत Virginie Corteval ले नेपालले नागरिक उड्डयन क्षेत्रमा गुणस्तरीय विकास गर्ने अपेक्षा गर्दै उक्त सहमतिलाई महत्वपूर्ण सुरुआतको रूपमा लिनुभएको थियो।

    त्यसैगरी Civil Aviation Authority of Nepal का महानिर्देशक Mukesh Dangal ले उड्डयन क्षेत्र देशलाई जोड्ने तथा पर्यटन विस्तार गर्ने महत्वपूर्ण आधार भएकाले यसलाई थप प्रतिस्पर्धी, व्यवस्थित र व्यावसायिक बनाउन आवश्यक रहेको बताउनुभयो। सहमतिपत्रमार्फत युवा इन्जिनियरलाई व्यावसायिक अनुभव, अनुसन्धान र अन्तर्राष्ट्रिय exposure दिलाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

    images
    बिहिवार, जेठ १४ २०८३०६:३७:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार