शुक्रवार, जेठ १५ २०८३
काठमाडौं । डाइनामिक एजुकेसन एसोसिएसन नेपाल (DEAN) को आयोजनामा अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता “Inter-School Elocution Contest – 2083” सम्पन्न भएको छ। “Unity for Educational Excellence” भन्ने नारासहित गोकर्णेश्वरको विन्सम इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको हो।

जुनियरतर्फ “Importance of Smart Learning” तथा सिनियरतर्फ “Cyber Bullying and Its Impact on Students” विषयमा वक्तृत्व प्रतियोगिता सञ्चालन गरिएको थियो। उक्त प्रतियोगितामा डिन अन्तर्गत विद्यालयका सिनियर तर्फ १५ र जुनियर तर्फ गरी ३० जना विद्यार्थी सहभागी भएका भएका थिए।

प्रतियोगितामा सिनियरतर्फ विन्सम इङ्लिस बोर्डिङ स्कुलकी (WEBS) की इभा राई प्रथम भइन् भने शुभ गुरुकुल नेशनल एकेडेमीकी एलिना तामाङ द्वितीय स्थानमा रहिन्। ज्ञानमाला इङ्लिस हाई स्कुलकी सिता तामाङ तृतीय तथा हिमशिला बोर्डिङ स्कुलकी समृद्धि किराँती चौथो स्थान हासिल गर्न सफल भइन्।

त्यसैगरी प्रतियोगितामा जुनियरतर्फ हिमशिला बोर्डिङ स्कुलकी बुद्धिशा भुजेल प्रथम हुन सफल भइन्। त्यस्तै, विन्सम इङ्लिस बोर्डिङ स्कुलकी (WEBS) की निरुषा खतिवडा द्वितीय, जागृति स्कुलका जेनिश बोहोरा तृतीय तथा ज्ञानमाला इङ्लिस हाई स्कुलकी दादोमा शेर्पाले चौथो स्थान हासिल गर्न सफल भइन। उक्त प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीलाई ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको सभापतित्व डिनका अध्यक्ष अनिल कुमार शुब्बाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्याब्सन बागमती प्ररदेश अध्यक्ष प्रकाश संजेल सहभागी हुनुभएको थियो। साथै प्याब्सन काठमाडौं जिल्ला वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, उपाध्यक्ष सूर्य भण्डारी, प्याब्सन कागेश्वरी मनोहरा अध्यक्ष कृष्ण गौतम, हिसानका उपाध्यक्ष नरेन्द्र अधिकारी, काठमाडौँ महानगरका ECA इन्चार्ज राजकुमार बोगटी, विन्सम इङ्लिस बोर्डिङ स्कुलका अध्यक्ष हरि लावती तथा प्रिन्सिपल गोबिन्द फ्याक लिम्बुको बिशेष उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायकमा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. हिरालाल सुवेदी र डिबी बोहोरा रहनुभएको थियो। निर्णायक सुवेदीले विद्यार्थीहरूमा रहेको प्रतिभा, आत्मविश्वास र अभिव्यक्ति क्षमता निकै प्रशंसनीय रहेको बताउनुभयो। उहाँले वक्तृत्व प्रतियोगिताले विद्यार्थीको नेतृत्व क्षमता, सार्वजनिक स्थानमा बोल्ने कला तथा व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। साथै, सहभागी सबै विद्यार्थीलाई निरन्तर अभ्यास र अध्ययनमार्फत अझ उत्कृष्ट बन्न शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुरारी प्रकाश संजेलले यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा डिनले अझ उत्कृष्ट कार्यक्रम आयोजना गर्ने विश्वास व्यक्त गर्नुभयो।

सभापति तथा डिनका अध्यक्ष अनिल कुमार शुब्बाले विद्यार्थीहरूको प्रतिभा अभिवृद्धिका लागि यस्ता सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले वक्तृत्व प्रतियोगिताले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास र प्रस्तुतीकरण कलाको विकास हुने उल्लेख गर्दै आगामी दिनमा डिनले अझ प्रभावकारी र उत्कृष्ट कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।






