Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि र एअरबसबीच सम्झौता, युवा इन्जिनियरका लागि अन्तर्राष्ट्रिय अवसर

त्रिवि र एअरबसबीच सम्झौता, युवा इन्जिनियरका लागि अन्तर्राष्ट्रिय अवसर

  • 168
    SHARES

  • त्रिवि र एअरबसबीच सम्झौता, युवा इन्जिनियरका लागि अन्तर्राष्ट्रिय अवसर

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय र एयरबस बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै नेपाली युवा इन्जिनियर तथा विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रियस्तरको प्राविधिक ज्ञान, अनुसन्धान र औद्योगिक अनुभव हासिल गर्ने नयाँ अवसर सिर्जना भएको छ।

    नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिवि र विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एअरबसबीच भएको सहकार्यलाई नेपालको प्राविधिक तथा उच्च शिक्षा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सम्झौताले विशेषगरी एयरोनोटिक्स (विमान विज्ञान) तथा एयरोस्पेस क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई आधुनिक प्रविधि, अनुसन्धान तथा व्यावहारिक सीपसँग प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ।

    यस साझेदारीमार्फत विद्यार्थीहरूले उद्योगसँग सम्बन्धित ज्ञान, अन्तर्राष्ट्रिय अभ्यास तथा सम्भावित इन्टर्नसिप र अनुसन्धानका अवसर प्राप्त गर्न सक्नेछन्। यसले नेपाली युवाको दक्षता अभिवृद्धि गर्नुका साथै विश्वस्तरीय प्रतिस्पर्धामा सहभागी हुन आवश्यक क्षमता विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

    Embassy of France in Nepal ले नेपालमा असाधारण युवा प्रतिभाहरू रहेको उल्लेख गर्दै उक्त सम्झौताले उनीहरूलाई नेपाल तथा विश्वभर एयरोस्पेस क्षेत्रको भविष्य निर्माणमा योगदान दिन सक्षम बनाउने जनाएको छ। दूतावासका अनुसार यो सहकार्य नेपाल र फ्रान्सबीच उड्डयन तथा एयरोस्पेस क्षेत्रमा रहँदै आएको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदम हो।

    फ्रान्सले नेपाल र फ्रान्सबीचको संस्थागत साझेदारी तथा ज्ञान आदानप्रदानलाई निरन्तर समर्थन गर्न पाउँदा गर्व महसुस गरेको पनि जनाएको छ।

    FB_IMG_1780196017101.jpg

    शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने यस पहलले नेपाली विद्यार्थी तथा युवा इन्जिनियरहरूका लागि नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। सरोकारवालाहरूले यस सम्झौताले नेपालको प्राविधिक शिक्षालाई विश्वस्तरीय अभ्याससँग जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

    त्रिवि र एअरबसबीचको यो सहकार्यलाई नेपालमा एयरोस्पेस शिक्षा र अनुसन्धानको विकासतर्फको महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिइएको छ।

    images
    आइतवार, जेठ १७ २०८३०८:४५:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार