Jul 27 2026 | २०८३, श्रावण ११ गते

महानगर छात्रवृत्ति परीक्षा : २४ घण्टाभित्र प्रारम्भिक योग्यता सूची सार्वजनिक हुने

महानगर छात्रवृत्ति परीक्षा : २४ घण्टाभित्र प्रारम्भिक योग्यता सूची सार्वजनिक हुने

  • 432
    SHARES

  • महानगर छात्रवृत्ति परीक्षा : २४ घण्टाभित्र प्रारम्भिक योग्यता सूची सार्वजनिक हुने

    काठमाडौं । कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक योग्यता क्रम (मेरिट लिस्ट) आगामी २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। काठमाडौं महानगरपालिका शिक्षा विभागले उत्तरपुस्तिका परीक्षणको अन्तिम चरणमा पुगेको जनाएको छ।

    शिक्षा अधिकारी नमराज ढकालका अनुसार विभागले प्रारम्भिक योग्यता सूची प्रकाशनको तयारी पूरा गरिसकेको छ। प्रारम्भिक नतिजामा चित्त नबुझेका परीक्षार्थीलाई पुनर्योग (Re-totaling/Review) का लागि दुई दिनको समय प्रदान गरिनेछ। उक्त प्रक्रिया सम्पन्न भएपछि अन्तिम योग्यता क्रम प्रकाशित गरिने र सोही आधारमा पहिलो चरणको मनोनयन सूची सार्वजनिक गरिने विभागको तयारी रहेको छ।

    उत्तरपुस्तिका ओएमआर (Optical Mark Recognition) प्रणालीमार्फत परीक्षण गरिने भएको छ। शिक्षा अधिकृत प्रल्हाद खतिवडाका अनुसार प्रणालीबाट प्राप्त नतिजाको विश्वसनीयता सुनिश्चित गर्न कुल उत्तरपुस्तिकामध्ये ५ प्रतिशतको र्यान्डम स्याम्प्लिङ गरी पुनः परीक्षण गरिनेछ। यसले नतिजालाई थप निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने विभागको विश्वास छ।

    यस वर्ष छात्रवृत्ति छनोट परीक्षामा २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुन योग्य ठहरिएका थिए। परीक्षा सम्पन्न भएसँगै विद्यार्थी तथा अभिभावकहरू नतिजाको प्रतीक्षामा रहेका छन्।

    विभागका अनुसार अन्तिम योग्यता क्रम प्रकाशित भएपछि विद्यार्थीहरूले आवेदनका क्रममा दिएको विद्यालय प्राथमिकताका आधारमा छात्रवृत्ति मनोनयन प्रक्रिया अगाडि बढाइनेछ।

     

    images
    आइतवार, जेठ १७ २०८३०४:२८:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार