Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकको पढाउन सक्ने क्षमता नभएको गुनासो आएको भन्दै क्षमता परीक्षण गर्न वडा कार्यालयले परीक्षा लिने

शिक्षकको पढाउन सक्ने क्षमता नभएको गुनासो आएको भन्दै क्षमता परीक्षण गर्न वडा कार्यालयले परीक्षा लिने

  • 233
    SHARES

  • शिक्षकको पढाउन सक्ने क्षमता नभएको गुनासो आएको भन्दै क्षमता परीक्षण गर्न वडा कार्यालयले परीक्षा लिने

    सर्लाही, जेठ १९ — सर्लाहीको कविलासी नगरपालिका–७ स्थित वडा कार्यालयले स्थानीय सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता परीक्षण गर्न परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। अभिभावकहरूबाट शिक्षकहरूको अध्यापन क्षमता कमजोर रहेको तथा प्रभावकारी रूपमा पढाउन नसकेको गुनासो आएपछि वडा कार्यालयले यस्तो निर्णय गरेको जनाएको छ।

    निमित्त वडा अध्यक्ष विष्णु नारायण झाद्वारा जारी पत्रमा विद्यालयमा शिक्षकहरूको कमीका साथै केही शिक्षकहरूमा पढाउन सक्ने क्षमता समेत नरहेको विषयमा अभिभावकहरूले वडा कार्यालयमा निवेदन दिएको उल्लेख छ। उक्त गुनासोप्रति ध्यानाकर्षण भएपछि शिक्षकहरूको शैक्षिक तथा पेशागत क्षमता परीक्षण गर्न परीक्षा लिने निर्णय गरिएको जनाइएको छ।

    वडा कार्यालयले कविलासी–७ स्थित माध्यमिक विद्यालय गैर बजारका शिक्षकहरूलाई आगामी असार १५ गते सञ्चालन हुने परीक्षामा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ। साथै परीक्षामा सहभागी हुने शिक्षकहरूले जेठ १८ गतेभित्र वडा कार्यालयमा उपस्थित भई नाम दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ।

    परीक्षामा सहभागी हुन शिक्षकहरूले शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकताको सक्कल प्रतिलिपि तथा अनुभव प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने वडा कार्यालयले जनाएको छ। उक्त पत्रको बोधार्थ कविलासी नगरपालिकाको शिक्षा शाखालाई समेत पठाइएको छ।

    वडा कार्यालयको यो निर्णय सार्वजनिक भएसँगै शिक्षा क्षेत्रमा चर्चा सुरु भएको छ। स्थानीय तहले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि चासो देखाएको भन्दै केहीले स्वागत गरेका छन् भने शिक्षकको परीक्षा सञ्चालन गर्ने अधिकार र कानुनी प्रक्रियाबारे प्रश्न समेत उठ्न थालेका छन्।

    FB_IMG_1780363157878.jpg

     

    images
    मंगलवार, जेठ १९ २०८३०७:१८:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार