Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्यालय सञ्चालन गर्न मन्थली नगरपालिकाको निर्देशन

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्यालय सञ्चालन गर्न मन्थली नगरपालिकाको निर्देशन

  • 308
    SHARES

  • बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्यालय सञ्चालन गर्न मन्थली नगरपालिकाको निर्देशन

    रामेछाप, मन्थली । मन्थली नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको छ।

    नगरकार्यपालिकाको कार्यालयबाट २०८३ जेठ १८ गते जारी पत्रअनुसार नगरकार्यपालिकाको २०८३ जेठ १३ गते बसेको ५७औँ बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार अब नगरभित्रका विद्यालयहरूले नयाँ समयतालिकाअनुसार शैक्षिक तथा प्रशासनिक योजना तयार गरी विद्यालय सञ्चालन गर्नुपर्नेछ।

    नगरपालिकाले विद्यालय सञ्चालन समयलाई एकरूप बनाउन तथा शैक्षिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाएको छ। पत्रमा विद्यालयहरूले बिहान ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म सञ्चालन हुने गरी सम्पूर्ण शैक्षिक कार्यक्रम व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।

    यस निर्णयले विद्यालयको पठनपाठन, अतिरिक्त क्रियाकलाप, शिक्षकको कार्यसम्पादन तथा विद्यालय व्यवस्थापनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ। विशेषगरी संस्थागत विद्यालयहरूमा प्रचलित फरक–फरक समयतालिकालाई एकरूप बनाउने प्रयासका रूपमा यो निर्णयलाई हेरिएको छ।

    नगरपालिकाले निर्णयको जानकारी कार्यान्वयनका लागि सबै विद्यालयलाई पठाएको छ भने बोधार्थस्वरूप शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापलाई समेत जानकारी गराइएको छ।

    शिक्षा क्षेत्रका सरोकारवालाहरूले भने विद्यालय सञ्चालन समयको प्रभावकारिता, विद्यार्थीको आवतजावत, मौसम तथा स्थानीय आवश्यकतालाई ध्यानमा राखेर कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। मन्थली नगरपालिकाको यो निर्णय आगामी दिनमा अन्य स्थानीय तहका लागि पनि चासोको विषय बन्न सक्ने देखिएको छ।

    FB_IMG_1780404688382.jpg

    images
    मंगलवार, जेठ १९ २०८३०६:५६:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार