Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविमा असारदेखि स्नातक तहमा भर्ना खुल्ने, भदौ अन्तिम साताबाट कक्षा सञ्चालन

त्रिविमा असारदेखि स्नातक तहमा भर्ना खुल्ने, भदौ अन्तिम साताबाट कक्षा सञ्चालन

  • 283
    SHARES

  • त्रिविमा असारदेखि स्नातक तहमा भर्ना खुल्ने, भदौ अन्तिम साताबाट कक्षा सञ्चालन

    काठमाडौं, १९ जेठ – त्रिभुवन विश्वविद्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातक तह (सेमेष्टर प्रणाली) प्रथम सत्रको भर्ना तथा शैक्षिक कार्यक्रम सार्वजनिक गरेको छ। विश्वविद्यालयले मंगलबार एक सूचना जारी गर्दै विभिन्न संकाय तथा अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा नयाँ विद्यार्थी भर्नाको कार्यतालिका निर्धारण गरेको हो।

    सूचनाअनुसार स्नातक तह प्रथम सत्रमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आवेदन फाराम वितरण तथा बुझाउने कार्य असारको पहिलो सातादेखि सुरु हुनेछ। भर्ना प्रक्रिया साउन मसान्तसम्म सञ्चालन गरिनेछ। विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका कार्यक्रमहरूमा सेमेष्टर प्रणालीअनुसार भर्ना सञ्चालन गर्ने जनाएको छ।

    सार्वजनिक गरिएको शैक्षिक तालिकाअनुसार प्रथम सत्रका कक्षाहरू भदौ महिनाको अन्तिम सातादेखि सञ्चालन हुनेछन्। यस्तै, प्रथम सत्रको अन्तिम परीक्षा २०८३ फागुनको अन्तिम सातामा सञ्चालन गरिनेछ । त्यसैगरी परीक्षाफल २०८४ जेठ महिनाभित्र प्रकाशित गर्ने लक्ष्य राखिएको छ।

    विश्वविद्यालयले प्रवेश परीक्षा, भर्ना प्रक्रिया तथा विषयगत मापदण्ड सम्बन्धी विस्तृत व्यवस्था सम्बन्धित डीन कार्यालयहरूले निर्धारण गर्ने जनाएको छ। विद्यार्थीहरूले अध्ययन गर्न चाहेको प्रत्येक संकाय, अध्ययन संस्थान तथा विषयका लागि छुट्टाछुट्टै आवेदन फाराम बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    शिक्षाध्यक्ष कार्यालयले प्रकाशित शैक्षिक तालिका अनुसार भर्ना, कक्षा सञ्चालन र परीक्षा व्यवस्थापन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित संकाय, अध्ययन संस्थान तथा क्याम्पसहरूलाई निर्देशन दिएको छ।

    विश्वविद्यालयले सेमेष्टर प्रणालीलाई थप व्यवस्थित, नियमित र समयबद्ध बनाउने उद्देश्यका साथ शैक्षिक गतिविधि तय समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक भएसँगै स्नातक अध्ययनका लागि तयारी गरिरहेका हजारौँ विद्यार्थीलाई भर्ना प्रक्रिया र शैक्षिक कार्यक्रमबारे स्पष्टता प्राप्त भएको छ।

    FB_IMG_1780378189577.jpg

    images
    बुधवार, जेठ २० २०८३०७:०९:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार