Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेविसंघद्वारा प्रधानमन्त्रीको राजिनामा माग गर्दै प्रदर्सन ।

नेविसंघद्वारा प्रधानमन्त्रीको राजिनामा माग गर्दै प्रदर्सन ।

  • 268
    SHARES

  • नेविसंघद्वारा प्रधानमन्त्रीको राजिनामा माग गर्दै प्रदर्सन ।

    काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै राजधानीमा प्रदर्शन गरेको छ।

    शुक्रबार त्रिचन्द्र क्याम्पस परिसरमा आयोजित प्रदर्शनमा सहभागी विद्यार्थीहरूले संसद् बैठकमा सीमा विवाद सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले नाराबाजी गर्दै उक्त अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गरेका छन्।

    प्रदर्शनका क्रममा नेविसंघका कार्यकर्ताहरूले प्रधानमन्त्रीले आफ्नो भनाइप्रति सार्वजनिक रूपमा स्पष्टिकरण दिनुपर्ने तथा नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिनुपर्ने माग समेत राखेका छन्।

    नेविसंघले सरकारका जिम्मेवार पदाधिकारीहरूले राष्ट्रिय महत्वका विषयमा बोल्दा संयमित र तथ्यमा आधारित अभिव्यक्ति दिनुपर्ने बताउँदै यस्ता विषयमा संवेदनशील बन्न आग्रह गरेको छ।

    images
    शुक्रवार, जेठ २२ २०८३११:५१:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार