Jul 27 2026 | २०८३, श्रावण ११ गते

नागार्जुन नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा नविनज्योतिकी सिम्रिका गिरी प्रथम

नागार्जुन नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा नविनज्योतिकी सिम्रिका गिरी प्रथम

  • 768
    SHARES

  • नागार्जुन नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा नविनज्योतिकी सिम्रिका गिरी प्रथम

    काठमाडौँ । नागार्जुन नगरपालिका र नेप्सेम्याक सेवा प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा श्री नविनज्योति स्कुल, भिमढुङ्गाकी छात्रा सिम्रिका गिरी प्रथम भएकी छन्।

    माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्ने, वक्तृत्वकला विकास गर्ने तथा फोहरमैला व्यवस्थापन र प्रदूषण नियन्त्रणसम्बन्धी सकारात्मक सोच र व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले “फोहरमैला व्यवस्थापन र प्रदूषण नियन्त्रण” विषयमा प्रतियोगिता आयोजना गरिएको थियो।

    IMG-20260605-WA0035~2.jpg

    प्रतियोगितामा नागार्जुन नगरपालिकाभित्रका ३३ विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूले फोहर व्यवस्थापन, वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

    प्रतियोगितामा नविनज्योति स्कुलकी कक्षा ९ मा अध्ययनरत सिम्रिका गिरीले प्रभावशाली प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेकी हुन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशीला अधिकारी तथा शिक्षा शाखा प्रमुख कृष्ण कुँवर लगायतको उपस्थिति रहेको थियो।

    IMG-20260605-WA0051~2.jpg

    उपस्थित वक्ताहरूले वातावरण संरक्षणमा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता सिर्जनात्मक प्रतियोगिताले ज्ञान, चेतना र नेतृत्व क्षमताको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

    images
    शनिवार, जेठ २३ २०८३०१:३७:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार