Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसइई ग्रेडवृद्धि परीक्षा असार १ देखि ९ सम्म परीक्षा सञ्चालनको तयारी पूरा

एसइई ग्रेडवृद्धि परीक्षा असार १ देखि ९ सम्म परीक्षा सञ्चालनको तयारी पूरा

  • 306
    SHARES

  • एसइई ग्रेडवृद्धि परीक्षा  असार १ देखि ९ सम्म परीक्षा सञ्चालनको तयारी पूरा

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्ने भएको छ।

    बोर्डले परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि तथा नतिजा प्रशोधन कार्यलाई तीव्र गतिमा सम्पन्न गरी असार २५ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धि परीक्षा नियमित एसइई परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूका लागि सञ्चालन गर्न लागिएको हो। परीक्षा देशभरका तोकिएका केन्द्रहरूमा सञ्चालन हुनेछ।

    कार्यालयले परीक्षा व्यवस्थापन, प्रश्नपत्र तयारी, परीक्षा केन्द्र समन्वय तथा आवश्यक जनशक्ति परिचालनलगायत सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। परीक्षा सम्पन्न भएसँगै नतिजा प्रकाशन प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइने र निर्धारित समयभित्रै परीक्षाफल सार्वजनिक गरिने बोर्डको भनाइ छ।

     

    images
    सोमवार, जेठ २५ २०८३०८:१७:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार