Oct 02 2026 | २०८३, आश्विन १६ गते

अनुदान शिक्षकका माग बेवास्ता गरिएको भन्दै माइतीघरमा प्रदर्शन

अनुदान शिक्षकका माग बेवास्ता गरिएको भन्दै माइतीघरमा प्रदर्शन

  • 525
    SHARES

  • अनुदान शिक्षकका माग बेवास्ता गरिएको भन्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं, जेठ २५ । सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।

    लामो समयदेखि पेसागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधासम्बन्धी माग उठाउँदै आएका अनुदान शिक्षकहरूले सरकारसँग भएका पूर्वसहमति तथा प्रस्तावित कानुनी व्यवस्थालाई बेवास्ता गरिएको आरोप लगाएका छन्।

    समितिका अनुसार २०७८, २०८० र २०८२ सालमा सरकारसँग भएका सहमति तथा निर्णयार्थ पेश गरिएको सङ्घीय शिक्षा ऐनको मस्यौदामा उल्लेख व्यवस्थापनसम्बन्धी प्रावधान बजेटमा समेटिएको छैन।

    मागप्रति सरकार गम्भीर नभएको भन्दै शिक्षकहरूले थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्। उनीहरूले माग सम्बोधन नभए देशभर पठनपाठन प्रभावित पार्ने तथा सामूहिक राजीनामासमेत दिन बाध्य हुने बताएका छन्।

    यसैबीच, शिक्षकहरूले आइतबार बिहान १० बजे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा विद्यालय पोसाक, परिचयपत्र, नियुक्तिपत्र, विशेष नियुक्तिपत्र तथा मार्कर पेनसहित सांकेतिक प्रदर्शनसमेत गरेका थिए। समितिले अनुदान शिक्षकहरूको उचित व्यवस्थापन, सेवासुविधा र पेसागत सुरक्षाको सुनिश्चितताका लागि सरकारसँग पुनः वार्ताको वातावरण बनाउन आग्रह गरेको छ।

    images
    मंगलवार, जेठ २६ २०८३०२:५७:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार