Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक सरोकार !

शिक्षकसेवा आयोगमा पदाधिकारी नियुक्ती लागाएत विभिन्न मुद्दामा शिक्षक र प्रधानमन्त्रीबीच छलफल

शिक्षकसेवा आयोगमा पदाधिकारी नियुक्ती लागाएत विभिन्न मुद्दामा शिक्षक र प्रधानमन्त्रीबीच छलफल

  • 678
    SHARES

  • शिक्षकसेवा आयोगमा पदाधिकारी नियुक्ती लागाएत विभिन्न मुद्दामा शिक्षक र प्रधानमन्त्रीबीच छलफल

    साउन - ४ - काठमाडौं- शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ती र अन्य शिक्षा संग सम्बन्धी मुद्दाहरुको विषयमा प्रधानमन्त्री शेर बहादुर देउवासँग शिक्षक संगठनले छलफल गरेका छन्। 

    नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला, स्थयी शिक्षक हकहित मञ्चका संयोजक रमेश भट्टराईलगायतले प्रधानमन्त्री देउवालाई भेटेर शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ती, लगाएत शिक्षक परिचयपत्र, शिक्षक र निजामति कर्मचारीबीचको विभेदको विषयमा छलफल गरेका हुन्।

    प्रधानमन्त्रीलाई हालसम्म शिक्षकका मुद्दालाई राज्यले उपहास गरेको भन्दै पर्यटन काज, शिक्षकका छोरा छोरीलाई छात्रवृत्ति, बीमा, शिक्षक मर्यादाक्रम, बाल बिकास र विद्यालयका कर्मचारीको तलब संघबाटै जारी गर्नुपर्ने, नयाँ शिक्षक दरबन्दी सिर्जना, संघीय शिक्षा ऐन जारी गर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए।

    शिक्षक संघ का पुर्व अध्यक्षले भने , ‘प्रधानमन्त्री शिक्षकका मुद्दामा सकारात्मक हुनुहुन्छ। हामीले आज ध्यानाकर्षण गराएका छौ। बृहतरुपमा भोली छलफल हुन्छ। शिक्षकका मुद्दालाई तत्काल निकास दिनेमा हामीहरू विश्वस्त छौं।’

    images
    सोमवार, श्रावण ४ २०७८०१:१४:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार