Jul 27 2026 | २०८३, श्रावण ११ गते

एभरेस्ट इनोभेटिभ कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण, असार १ देखि नियमित पठनपाठन

एभरेस्ट इनोभेटिभ कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण, असार १ देखि नियमित पठनपाठन

  • 1.4K
    SHARES

  • एभरेस्ट इनोभेटिभ कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण, असार १ देखि नियमित पठनपाठन

    काठमाडौं । कालिमाटी–सोल्टीमोडस्थित एभरेस्ट इनोभेटिभ कलेज (EIC) तथा एभरेस्ट सेकेन्डरी स्कुल (ESS) ले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको अभिमुखीकरण (Orientation) कार्यक्रम सम्पन्न गरेको छ।

    IMG-20260612-WA0088.jpg

    शुक्रबार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख दीपक कुमार झाको सभापतित्व रहेको थियो भने एभरेस्ट इनोभेटिभ एजुकेसन नेटवर्कका अध्यक्ष शंकर प्रसाद दुलाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) हरि प्रसाद काफ्ले, प्रशासन प्रमुख रामप्रसाद पौडेल, व्यवस्थापन संयोजक गोपाल प्रसाद दुलाल, स्नातक संयोजक किशोर काफ्ले, विभिन्न विभागीय प्रमुख, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    IMG-20260612-WA0036~2.jpg

    अभिमुखीकरण कार्यक्रम सञ्चालन किशोर काफ्लेले गर्नुभएको थियो भने व्यवस्थापन संयोजक गोपाल प्रसाद दुलालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै विद्यार्थी प्रतिनिधिका रूपमा कक्षा १२ का रिजन श्रेष्ठ र कक्षा ११ की आश्मी पौडेलले आफ्ना अनुभव तथा अपेक्षाहरू प्रस्तुत गरेका थिए।

    IMG-20260612-WA0037.jpg

    अभिमुखीकरण कार्यक्रममा प्रशासन प्रमुख रामप्रसाद पौडेलले राष्ट्रिय परीक्षा बोर्ड (NEB) को आचारसंहिता, विद्यार्थीको अनुशासन, नियमित उपस्थितिको महत्व तथा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न अपनाउनुपर्ने उपायबारे जानकारी गराए। उनले अध्ययनप्रति जिम्मेवार र अनुशासित बन्न विद्यार्थीलाई आग्रह गर्नुभयो।

    IMG-20260612-WA0070.jpg

    त्यसैगरी, सीईओ हरि प्रसाद काफ्लेले विद्यार्थीलाई प्रेरणादायी मन्तव्य दिँदै शैक्षिक सफलता हासिल गर्न लगनशीलता, सकारात्मक सोच र समय व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई आफ्नो लक्ष्य स्पष्ट राखेर मेहनतका साथ अघि बढ्न सुझाव दिनुभयो।

    IMG-20260612-WA0137.jpg

    कार्यक्रममा एभरेस्ट इनोभेटिभ एजुकेसन नेटवर्कका अध्यक्ष शंकर प्रसाद दुलालले गुणस्तरीय शिक्षा, नैतिक मूल्य र व्यावहारिक ज्ञानमार्फत सक्षम जनशक्ति उत्पादन गर्ने संस्थाको प्रतिबद्धता दोहोर्याउँदै विद्यार्थीको उज्ज्वल भविष्यका लागि संस्थाले आवश्यक शैक्षिक वातावरण प्रदान गर्ने बताउनुभयो।

    IMG-20260612-WA0120.jpg

    कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुख दीपक कुमार झाले विद्यार्थीलाई स्वागत गर्दै नयाँ शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले कलेजले शैक्षिक उत्कृष्टता, अनुशासन र नवप्रवर्तनलाई प्राथमिकता दिँदै विद्यार्थीको समग्र विकासमा विशेष ध्यान दिने बताउनुभयो।

    IMG-20260612-WA0113.jpg

    कलेज प्रशासनका अनुसार कक्षा ११ को नियमित पठनपाठन असार १ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ। अभिमुखीकरण कार्यक्रमले विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, नियम तथा अवसरबारे जानकारी गराउनुका साथै अध्ययनप्रति थप उत्साहित बनाएको कलेजले जनाएको छ।

    IMG-20260612-WA0027.jpg

    IMG-20260612-WA0071.jpgIMG-20260612-WA0066.jpgIMG-20260612-WA0067.jpgIMG-20260612-WA0111.jpgIMG-20260612-WA0083.jpgIMG-20260612-WA0016.jpg

    images
    शनिवार, जेठ ३० २०८३०९:०८:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार