Jul 27 2026 | २०८३, श्रावण ११ गते

न्यु अरुणोदय माध्यमिक विद्यालयद्वारा एसईई २०८२मा उत्तीर्ण विद्यार्थीलाई भव्य सम्मान

न्यु अरुणोदय माध्यमिक विद्यालयद्वारा एसईई २०८२मा उत्तीर्ण विद्यार्थीलाई भव्य सम्मान

  • 205
    SHARES

  • न्यु अरुणोदय माध्यमिक विद्यालयद्वारा एसईई २०८२मा उत्तीर्ण विद्यार्थीलाई भव्य सम्मान

    काठमाडौं, जेठ ३० । न्यु अरुणोदय इङ्लिस माध्यमिक विद्यालयले शनिबार एक विशेष समारोहका बीच विभिन्न क्षेत्रका व्यक्तित्व तथा विद्यालयसँग आबद्ध प्रतिभाहरूलाई सम्मान गर्दै भव्य कार्यक्रम आयोजना गरेको छ। विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा शिक्षा, साहित्य, संगीत, पत्रकारिता तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Polish_20260614_181520668.jpg

    विद्यालयकी संस्थापक तथा निर्देशक जेशिका चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १५ शिक्षा विभाग प्रमुख मैयालक्ष्मी महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रममा मिसिगन विश्वविद्यालय (अमेरिका) का प्राध्यापक डा. मारोहाङ खवाहाङ, शिक्षाविद् देवी घिमिरे, तथा वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगितकार शिला बहादुर मोक्तान विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    Polish_20260615_074551956.jpg

    समारोहमा विद्यालयका प्रधानाध्यापक रत्न भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र सर्वाङ्गीण व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बताउनुभयो। उहाँले विद्यार्थी, अभिभावक तथा शिक्षकको सहकार्यले विद्यालयलाई थप उचाइमा पुर्‍याएको उल्लेख गर्नुभयो। कार्यक्रममा शिक्षा, कला, सञ्चार तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले विद्यालयले प्रतिभाको कदर गर्दै सम्मानको संस्कार विकास गरेको भन्दै प्रशंसा व्यक्त गरे।

    Polish_20260615_074345062~2.jpg

    प्रमुख अतिथि मैयालक्ष्मी महर्जनले विद्यालयहरूले शैक्षिक उपलब्धिसँगै नैतिक शिक्षा र नेतृत्व विकासमा पनि जोड दिनुपर्ने बताउनुभयो। उहाँले न्यु अरुणोदय विद्यालयले शिक्षासँगै प्रतिभा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेर उदाहरणीय कार्य गरिरहेको उल्लेख गर्नुभयो।

    समारोहमा अध्यक्ष जेशिका चेम्जोङले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको क्षमता विकास तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षण वातावरण निर्माणका लागि निरन्तर प्रयासरत रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।

    Polish_20260614_181632375.jpg

    कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीमा प्रेरणा, आत्मविश्वास र सकारात्मक सोचको विकास हुने विश्वास व्यक्त गरेको छ।

    Polish_20260615_074509190.jpgPolish_20260615_074442233.jpgPolish_20260615_074429675.jpg

    images
    सोमवार, आषाढ १ २०८३०७:३८:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार