Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पुनरावलोकनका लागि सुझाव आह्वान

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पुनरावलोकनका लागि सुझाव आह्वान

  • 238
    SHARES

  • विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पुनरावलोकनका लागि सुझाव आह्वान

    काठमाडौं, असार १ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समसामयिक रूपमा परिमार्जन तथा अद्यावधिक गर्ने प्रक्रिया अघि बढाएको छ।

    केन्द्रका अनुसार नेपालमा गुणस्तरीय विद्यालय शिक्षालाई विशेष प्राथमिकता दिने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ विकास गरी कार्यान्वयनमा ल्याइएको थियो। प्रारूप कार्यान्वयनपछि राष्ट्रिय शिक्षा नीति २०७६ तथा विद्यालय शिक्षा क्षेत्र योजना २०७९–२०८८ लागू भइसकेको, देशको परिवर्तित सामाजिक–आर्थिक सन्दर्भ र भविष्यउन्मुख शैक्षिक आवश्यकतालाई सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएकाले यसको पुनरावलोकन गर्न लागिएको हो।

    राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८३ वैशाख ११ गतेको बैठकको सिफारिस तथा शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ वैशाख २२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रारूप अद्यावधिक प्रक्रिया सुरु गरिएको केन्द्रले जनाएको छ।

    यस क्रममा पाठ्यक्रम विकास केन्द्रले शिक्षक, शिक्षाविद्, प्राज्ञ, अनुसन्धानकर्ता, विद्यालय व्यवस्थापक तथा सरोकारवालासँग सार्वजनिक राय, सुझाव र प्रतिक्रिया माग गरेको छ। केन्द्रले प्राविधिक, शैक्षिक तथा प्राज्ञिक पक्ष समेटिएका सुझावहरू उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ।

    सुझाव तथा प्रतिक्रिया केन्द्रको आधिकारिक वेबसाइट moecdc.gov.np⁠� मा उपलब्ध फाराम वा अनलाइन माध्यमबाट पठाउन सकिने जनाइएको छ। केन्द्रले प्राप्त सुझावहरूलाई समेट्दै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई समयानुकूल, व्यवहारिक तथा भविष्यकेन्द्रित बनाउने लक्ष्य राखेको जनाएको छ।

    images
    सोमवार, आषाढ १ २०८३०८:११:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार