Jul 27 2026 | २०८३, श्रावण ११ गते

साउन १ देखि त्रिविका चार सङ्कायको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै

साउन १ देखि त्रिविका चार सङ्कायको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै

  • 165
    SHARES

  • साउन १ देखि त्रिविका चार सङ्कायको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै

    काठमाडौं, असार ३२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चार वर्षे स्नातक तहअन्तर्गत बीए, बी.एड., बी.एस्सी. र बीबीएस कार्यक्रमका ट्रान्सक्रिप्टका लागि साउन १ गतेदेखि अनलाइन प्रणालीमार्फत मात्र आवेदन लिन सुरु गर्ने भएको छ।

    विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार अब यी कार्यक्रमका ट्रान्सक्रिप्ट प्राप्त गर्न भौतिक रूपमा आवेदन संकलन गरिने छैन। सम्बन्धित विद्यार्थीहरूले अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।

    कार्यालयका अनुसार विद्यार्थीहरूको सहजताका लागि आवेदन प्रक्रिया सम्बन्धी विस्तृत जानकारीसहितको म्यानुअल परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा उपलब्ध गराइएको छ। साथै, आवेदन प्रक्रियामा सहजीकरण गर्न हेल्प डेस्कको व्यवस्था पनि गरिएको छ।

    अनलाइन आवेदनका लागि विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा गई स्टुडेन्ट पोर्टलमार्फत नयाँ खाता सिर्जना गरी आवश्यक विवरण भर्नुपर्नेछ। आवेदन गर्दा त्रिवि दर्ता प्रमाणपत्र (TU Registration Card) मा उल्लेख भएअनुसारकै विवरण प्रविष्ट गर्नुपर्ने कार्यालयले जनाएको छ। गलत विवरण भरेमा प्रयोगकर्ता परिचय (User ID) सिर्जना नहुने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

    विद्यार्थीहरूले पोर्टलमा लगइन गरेपछि ‘Transcript Provision’ मेनुमा गई कार्यक्रम, सिम्बोल नम्बर, वर्ष, साल तथा खण्डलगायतका विवरण प्रविष्ट गरी अनलाइन भुक्तानी प्रणालीमार्फत निर्धारित शुल्क तिर्नुपर्नेछ। शुल्क भुक्तानीपछि आवेदन फाराम प्रिन्ट गरी सुरक्षित राख्न पनि कार्यालयले अनुरोध गरेको छ।

    परीक्षा नियन्त्रण कार्यालयले साउन १ गतेदेखि बीए, बीएड, बीएस्सी र बीबीएस कार्यक्रमका ट्रान्सक्रिप्ट सेवामा पूर्ण रूपमा डिजिटल प्रणाली लागू गर्न लागिएको जनाएको छ। यसबाट विद्यार्थीहरूको समय बचत हुनुका साथै सेवा प्रवाह थप छिटो, पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

    FB_IMG_1781530871800.jpg

    images
    मंगलवार, आषाढ २ २०८३०६:५८:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार