Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालय

ने भ्याक्सिन नो इग्जाम भन्दै विद्यार्थी ले गरे तालाबन्दी ! [ज्ञापनपत्र सहित]

ने भ्याक्सिन नो इग्जाम भन्दै विद्यार्थी ले गरे तालाबन्दी ! [ज्ञापनपत्र सहित]

  • 408
    SHARES

  • ने भ्याक्सिन नो इग्जाम भन्दै विद्यार्थी ले गरे तालाबन्दी ! [ज्ञापनपत्र सहित]

    काठमाडौ / साउन ४- त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम वर्षको बिधार्थीहरूले आज नो ब्याक्सिन नो इग्जाम भन्दै बिश्वबिद्धालय का विभिन्न साखाहरुमा तालाबन्दी गरेकाछन।

    विद्यार्थीहरु ले सोमबार १ बजे त्रिविका रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेका छन भने उपकुलपति कार्यालयमा तालाबन्दी गर्न जादा प्रहरी र त्रिविका पदाधिकारी द्वारा अवरोध गरिरहेका छन् बताइएको छ।

    यसैगरी यहि अवस्थामा परिक्षा स्थगित नगरिए त्रिबि परिक्षा नियन्त्रण कार्यलय बल्खुमा पनि माग पुरा नगरे ताला लाउने घोषणा गरेका छन्। बिद्यार्थी हरु भन्छन 'अहिलेको अवस्थामा कोभिड महामारी को कारण हाम्रो स्वास्थको सुरक्षा हुने ग्यारेन्टी नगरिए सम्म भौतिक परिक्षा हामी दिँदैनौ' । उनिहरुले भनेका छ यदि सम्पुर्ण विद्यार्थी हरुलाइ भ्याक्सिन उपलब्ध नगराउदा सम्म परिक्षा दिनसकिदैन। 

    यस अघि बिश्वबिद्धालय भौतिक उपस्थिति मै परिक्षा गर्ने भन्दै सान १० देखी हुने परिक्षा तालिका सार्वजनिक गरिसकेको छ। नो भाक्सिन नो इग्जाम” भन्दै त्रिभुवन विश्वविद्यालयमा बिधार्थीहरूले तालाबन्दी लगाएका छन्।

    यस्तो ज्ञापन पत्र ।

    श्रीमान परीक्षा नियन्त्रक ज्यू,

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुर

    काठमाडौँ,

    विषय: त्रिभुवन विश्वविद्यालय विद्यार्थी अनुत्तरदायी भएको खण्डमा नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अहिले देशमा भएको विषम परिस्थिति महामारी र लकडाउन परिस्थिति बारे ज्ञात हुँदा हुँदै विश्वविद्यालयले कुनै विदेशमा रहेको विदेशी विश्वविद्यलय जस्तो व्यबहार देखाई विद्यार्थीहरूको स्वास्थ्य रक्षा माथि कुनै ध्यान नदिई उदारता नदेखाई आफ्नो अनुकूलता लाई प्राथमिकता राखी समयानुकूल चल्न नसकी परीक्षा को तालिका सार्वजनिक गरेको छ!

    तोकिएको तालिका अनुसार परीक्षा दिन हामी तयार छैनौं! हामीले २०७८/०३/२३ मा तोकिएको तालिका अनुसार परीक्षा गराउन र विद्यार्थीको जिम्मा लिन अनुरोध सहित निवेदन पेश गरेका थियौं! तर हाम्रो अभिभावकत्व संस्था बाट कुनै जानकारी प्रस्तुत हुन नसकेको अवस्था छ! विश्वविद्यालयले विद्यार्थीमा सिर्जित प्रश्नको उत्तर दिन जरुरी माग गर्दछौ र उत्तर दिनुपर्ने हुन्छ!

    १) आफ्ना कर्मचारी र शिक्षकलाई खोप लगाएर सुरक्षित गराउने तर शैक्षिक संस्थामा अध्यनरत विद्यार्थीहरुलाई कोरोनाबाट सुरक्षित गराउनु पर्छ कि पर्दैन? त्यो नसोच्ने? विद्यार्थी लाई खोप खोइ?

    २) सरकारले जारी गरेको निषेधाज्ञा पूर्ण रूपमा खुलिसकेको छैन! आन्तरिक विमान सञ्चालनमा आएका छैनन्! यस्तो अवस्थामा गाउँघरमा फर्किएका विद्यार्थी कसरी आफ्नो क्याम्पसमा पुग्न सक्छन्? यदि सबै बिद्यार्थी सँग विमान चढ्ने पैसा हुन्थ्यो भने उसले केही रकम थपेर घरमै नेट जडान गर्न सक्थ्यो! अनलाइन माध्यमद्वारा परीक्षा लिएको भए भइहाल्थ्यो किन नलिएको?

    ३) जिल्ला भित्रका सवारी साधन सञ्चालमा आएको भन्दै विद्यार्थीलाई पायक पर्ने भनी जिल्लामा(प्राय:) एक एक केन्द्रको विकल्प दिइएको छ! विश्वविद्यालय लाई सबै जिल्ला काठमाडौं, भक्तपुर,ललितपुर जस्तै लागेको हो? की विद्यार्थी समस्या ध्यान नदिई वेवास्ता गरेर आफ्नो औपचारिकताका मात्र पूरा गर्न खोजेको हो ? की ६० किलोमीटर चिप्लो बाटो हिड्नुपर्ने केन्द्रलाई पायक भनेको हो? यदि पायक पर्ने केन्द्रमा भएपनि एकमहिना कोठा लिएर बस्नु पर्छ भने पायक भनिएको केन्द्रको अर्थ के? यो शब्द फिर्ता लिनु पर्यो! विद्यार्थीहरु ६ घण्टा हिँडेर आफ्नो केन्द्रमा पुग्न सक्दैनन् भने परीक्षा दिन कसरी सम्भव भयो?

    ४) विद्यार्थीलाई परीक्षा सुरक्षित हुन्छ भनेर अहिले सम्म आश्वाथ पार्न नसकेको ? कोरोना संक्रमित विद्यार्थीले परीक्षा गुमाउनु पर्ने हो?यसबारे अहिले सम्म विकल्प खोजी किन नभएको? यदि त्रिभुवन विश्वविद्यालय बिना सुरक्षा लिँदै परीक्षा मार्फत कोई संक्रमित भएमा ,उसको परीक्षा असर पर्न गएमा अझ भनौं ज्यान नै तलमाथि पर्न गएमा तेस्रो लहरको कारक तत्व बनेमा यसबारे त्रिभुवन विश्वविद्यालय जिम्मेवार हुने की नहुने? कोरोनाको कारणबाट विद्यार्थीको ज्यान गएमा विद्यार्थीको बीमा खोइ?

    ५) सिसीएमसी भनेको उपत्यका भित्रलाई मध्यनजर गर्ने संस्था हो? उपत्यका बाहिर सीसीएमसीले मध्यनजर गर्नु पर्दैन? धेरै विद्यार्थी उपत्यका बाहिर छन्! विभिन्न जिल्लामा लकडाउन पूर्ण रूपमा थपिएको छ ती जिल्ला भित्र बस्ने विद्यार्थीले परीक्षा दिन पाउने कि नपाउने? त्यसको विकल्प खोइ?

    यस्ता गम्भीर प्रश्नमा त्रिभुवनविश्वविद्यालय मौन रहेको अवस्था छ! यस्तो विषम परिस्थितिमा विश्वविद्यालयले जिम्मेवारी र जवाफदेहिता बहन नगरी परीक्षा गराउन तर्फ सक्रिय छ! विद्यार्थीहरुलाई सम्पूर्ण स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउनुपर्दछ! सहज वातावरण तय गरेर अहिले विषम परिस्थिति को कारण आफ्ना आंगिक क्याम्पसहरुलाई परीक्षाको पूर्ण रूपमा जिम्मा दिई आफु र विद्यार्थीलाई सहज वातावरण बनाउन सक्नु पर्दछ! त्यसपछि मात्रै हामी तोकिएको तालिका अनुसार परीक्षा दिन तयार छौ। नत्र भने त्रिभुवन विश्वविद्यालयले गराएको जोखिमको परीक्षा दिन तयार छैनौं।

     

    images
    सोमवार, श्रावण ४ २०७८०३:१३:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार