Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिएस्सी. सिएसआइटी मा नयाँ भर्ना खुल्यो, प्रवेश परीक्षा साउन २४ गते

बिएस्सी. सिएसआइटी मा नयाँ भर्ना खुल्यो, प्रवेश परीक्षा साउन २४ गते

  • 234
    SHARES

  • बिएस्सी. सिएसआइटी मा नयाँ भर्ना खुल्यो, प्रवेश परीक्षा साउन २४ गते

    काठमाडौं, असार ४ — त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) कार्यक्रमको शैक्षिक सत्र २०८३ का लागि नयाँ विद्यार्थी भर्नाको लगि आवेदन खुला गरेको छ।

    संस्थानले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा सेमेस्टर प्रणालीअन्तर्गत सञ्चालन हुने B.Sc.CSIT कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरूले अनलाइन माध्यमबाट आवेदन दिन सक्ने जनाएको छ।

    प्रवेश परीक्षाका लागि आवेदन फाराम आगामी असार ८ गते बिहान १०:०० बजेदेखि खुला गरिनेछ। नियमित शुल्कमा आवेदन दिने अवधि असार ८ गतेदेखि साउन १६ गतेसम्म तोकिएको छ। यस्तै, दोब्बर शुल्क तिरेर साउन १७ गतेदेखि साउन २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    संस्थानका अनुसार B.Sc.CSIT कार्यक्रमको प्रवेश परीक्षा साउन २४ गते आइतबार बिहान ८:०० बजे सञ्चालन हुनेछ। परीक्षाका लागि केन्द्रहरू भने पछि सार्वजनिक गरिने जनाइएको छ।

    नेपालमा सूचना प्रविधि क्षेत्रप्रति विद्यार्थीहरूको आकर्षण बढिरहेका बेला B.Sc.CSIT कार्यक्रमलाई कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अध्ययनका लागि लोकप्रिय शैक्षिक कार्यक्रमका रूपमा हेरिन्छ। प्रवेश परीक्षा तथा भर्नासम्बन्धी थप जानकारी संस्थानको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएको छ।

    विद्यार्थीहरूलाई तोकिएको समयभित्र आवेदन प्रक्रिया पूरा गर्न संस्थानले आग्रह गरेको छ।

    FB_IMG_1781704758717.jpg

    images
    बिहिवार, आषाढ ४ २०८३०६:३०:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार