Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय कर्मचारीको आन्दोलन जारी, आज देशव्यापी ‘पेन डाउन’ गर्दै कामकाज ठप्प पार्ने

विद्यालय कर्मचारीको आन्दोलन जारी, आज देशव्यापी ‘पेन डाउन’ गर्दै कामकाज ठप्प पार्ने

  • 339
    SHARES

  • विद्यालय कर्मचारीको आन्दोलन जारी, आज देशव्यापी ‘पेन डाउन’ गर्दै कामकाज ठप्प पार्ने

    काठमाडौँ, असार ५ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना मागहरू बजेटमार्फत सम्बोधन नभएको भन्दै आज देशभरका सामुदायिक विद्यालयमा ‘पेन डाउन’ आन्दोलन गर्दै कामकाज ठप्प पार्ने भएको छ।

    परिषद्को राष्ट्रिय समितिले जारी गरेको निर्देशनअनुसार विद्यालय कर्मचारीहरू आज विद्यालयमा उपस्थित भए पनि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कुनै पनि प्रशासनिक, लेखा, कार्यालय व्यवस्थापन तथा अन्य जिम्मेवारीका काम नगरी विरोध जनाउनेछन्। परिषद्ले यस कार्यक्रमलाई प्रथम चरणको आन्दोलनको अन्तिम दिनको रूपमा सञ्चालन गर्न लागेको जनाएको छ।

    विद्यालय कर्मचारीहरूले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अन्य राष्ट्रसेवक कर्मचारीहरूको तलब तथा भत्तामा वृद्धि गरिए पनि सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा–सुविधा र मागबारे कुनै सम्बोधन नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सोही विषयलाई लिएर परिषद्ले असार २१ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    परिषद्का अनुसार आन्दोलनका पूर्वनिर्धारित कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। आजको ‘पेन डाउन’ कार्यक्रममार्फत सरकारको ध्यान विद्यालय कर्मचारीका समस्यातर्फ आकर्षित गराउने उद्देश्य रहेको जनाइएको छ।

    परिषद्ले विद्यालय प्रशासन वा अन्य पक्षबाट कर्मचारीलाई जबर्जस्ती काममा लगाउन खोजिए तत्काल संगठनका पदाधिकारीलाई जानकारी गराउन आग्रह गरेको छ। साथै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाहरूलाई आन्दोलनप्रति सहयोग गर्न पनि अनुरोध गरिएको छ।

    नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना मागप्रति सरकारले सकारात्मक पहल नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गर्न सकिने चेतावनी समेत दिएको छ।

    1781832751754.jpg1781832749373.jpg

    images
    शुक्रवार, आषाढ ५ २०८३०७:२४:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार