Jul 27 2026 | २०८३, श्रावण ११ गते

जुबिल्यान्ट कलेजले गर्यो कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि भव्य अभिमुखीकरण कार्यक्रम

जुबिल्यान्ट कलेजले गर्यो कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि भव्य अभिमुखीकरण कार्यक्रम

  • 209
    SHARES

  • जुबिल्यान्ट कलेजले गर्यो कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि भव्य अभिमुखीकरण कार्यक्रम

    काठमाडौं, असार ६ । कालिमाटीस्थित जुबिल्यान्ट स्कुल/कलेज ले शैक्षिक सत्र २०८३ मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा मार्गदर्शन गर्ने उद्देश्यले भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

    IMG-20260620-WA0083.jpg

    शुक्रवार कलेजका अध्यक्ष होमनाथ लुइँटेलको सभापतित्वमा आयोजित कार्यक्रममा कलेजका प्रमुख सल्लाहकार तथा शिक्षाविद् प्रा. डा. स्वागत श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्राचार्य ऋषि न्यौपाने, डा. रोनि चन्द, काठमाडौं महानगरपालिका वडा नं. १३ का अध्यक्ष रामबाबु कोइराला लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    IMG-20260620-WA0027~2.jpg

    कार्यक्रमको सुरुवात स्वागत मन्तव्यबाट गर्दै डा. रुमी चन्दले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभयो। उहाँले कलेज जीवन विद्यार्थीको भविष्य निर्माण गर्ने महत्वपूर्ण चरण भएकाले अध्ययन, अनुशासन र सिर्जनशीलतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

    IMG-20260620-WA0081.jpg

    प्रमुख अतिथि प्रा. डा. स्वागत श्रेष्ठले आफ्नो प्रेरणादायी मन्तव्यमा विद्यार्थी जीवनलाई लक्ष्य, लगनशीलता र अनुशासनसँग जोड्दै सफलताको आधार निरन्तर मेहनत र सकारात्मक सोच भएको बताउनुभयो। उहाँले जुबिल्यान्ट कलेजले विद्यार्थीको क्षमता विकास, आधुनिक शिक्षण–सिकाइ प्रणाली तथा व्यवहारिक ज्ञानमार्फत गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्नुभयो। साथै विद्यार्थीहरूलाई “ठूलो सपना देख्न, त्यसलाई पूरा गर्न अथक प्रयास गर्न र आफ्नै देशमा बसेर राष्ट्र निर्माणमा योगदान दिन” प्रेरित गर्नुभयो।

    IMG-20260620-WA0004.jpg

    भाषा तथा साहित्यका विद्वान राम घिसिङले “जीवन र सिकाइ” विषयमा विशेष मन्तव्य प्रस्तुत गर्दै शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई व्यक्तित्व विकास र जीवन सफल बनाउने आधार भएको धारणा राख्नुभयो।

    अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूको मानसिक तथा भावनात्मक सुदृढीकरणलाई केन्द्रमा राख्दै साइकोलोजिस्ट आस्था लाखेले मानसिक स्वास्थ्यको महत्व, आत्मविश्वास निर्माण तथा तनाव व्यवस्थापनका उपायबारे सहजीकरण गर्नुभयो। उहाँले स्वस्थ मन र सकारात्मक सोचले मात्र उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताउनुभयो।

    IMG-20260620-WA0038.jpg

    कार्यक्रममा प्राचार्य ऋषि न्यौपानेले विद्यार्थीहरूलाई उत्प्रेरक सम्बोधन गर्दै कलेज जीवनलाई जिम्मेवारी, अनुशासन र निरन्तर सिकाइको अवसरका रूपमा लिन आग्रह गर्नुभयो। उहाँले कलेजका नियम, अनुशासन तथा आचारसंहिताबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई शपथसमेत ग्रहण गराउनुभयो।

    IMG-20260620-WA0039.jpg

    कार्यक्रमको सञ्चालन कलेजका संयोजक विनय अर्यालले गर्नुभएको थियो। कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरी वातावरणलाई थप उत्साहपूर्ण र आकर्षक बनाएका थिए।

    IMG-20260620-WA0075.jpg

    अभिमुखीकरण समापन समारोहलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष होमनाथ लुइँटेलले नवआगन्तुक विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। उहाँले जुबिल्यान्ट कलेज गुणस्तरीय शिक्षा, नैतिक मूल्य, नेतृत्व विकास र व्यावहारिक सीपमार्फत सक्षम, जिम्मेवार तथा प्रतिस्पर्धी नागरिक उत्पादन गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

    IMG-20260620-WA0030.jpg

    अभिमुखीकरण कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अनुशासन, अवसर तथा भावी यात्राबारे स्पष्ट जानकारी प्रदान गर्नुका साथै उनीहरूमा नयाँ उत्साह, आत्मविश्वास र सकारात्मक ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।

    IMG-20260620-WA0063~2.jpgIMG-20260620-WA0070~2.jpgIMG-20260620-WA0006~2.jpgIMG-20260620-WA0052.jpgIMG-20260620-WA0021.jpgIMG-20260620-WA0041.jpg

    images
    शनिवार, आषाढ ६ २०८३०८:४२:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार