Jul 27 2026 | २०८३, श्रावण ११ गते

केसिसिएसद्वारा नवआगन्तुक विद्यार्थीका लागि भब्य अभिमुखीकरण कार्यक्रम सम्पन्न

केसिसिएसद्वारा नवआगन्तुक विद्यार्थीका लागि भब्य अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • 226
    SHARES

  • केसिसिएसद्वारा नवआगन्तुक विद्यार्थीका लागि भब्य अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं, असार ७ । काठमाडौं स्कुल/कलेज अफ सेन्ट्रल स्टेटन (केसिसिएस)ले शैक्षिक सत्र २०८३ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।  

    आइतबार कलेजका अध्यक्ष राहुल यादवको सभापतित्वमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. कृष्ण प्रसाद न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै कार्यक्रममा प्रसिद्ध मोटिभेसन स्पिकर भिके शर्मा विशेष अतिथिका रूपमा उपस्थित रहेको थियो।

    FB_IMG_1782055962247.jpg

    कार्यक्रमको सुरुवातमा काठमाडौं स्कुल/कलेजका प्रिन्सिपल सुवास अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई नयाँ शैक्षिक यात्राको शुभकामना दिनुभयो। उहाँले कलेजले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिकता तथा व्यावहारिक सीप विकासलाई प्राथमिकतामा राखेर शिक्षण सिकाइ गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो। विद्यार्थीहरूले अवसरको सदुपयोग गर्दै आफ्नो लक्ष्यप्रति प्रतिबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

    FB_IMG_1782094550191~2.jpg

    प्रमुख अतिथि प्रा.डा. कृष्ण प्रसाद न्यौपानेले विद्यार्थी जीवनलाई भविष्य निर्माणको महत्वपूर्ण चरणका रूपमा चित्रण गर्दै सकारात्मक सोच, आत्मविश्वास र निरन्तर अध्ययनले मात्र सफलता प्राप्त गर्न सकिने बताउनुभयो। उहाँले वर्तमान समय प्रतिस्पर्धात्मक भएकाले ज्ञानसँगै सीप र व्यवहारिक दक्षता पनि आवश्यक रहेको उल्लेख गर्नुभयो। "सपना ठूलो देख्नुस्, त्यसलाई पूरा गर्न निरन्तर मिहिनेत गर्नुस्," भन्दै उहाँले विद्यार्थीहरूलाई अध्ययनप्रति समर्पित हुन प्रेरित गर्नुभयो।

    FB_IMG_1782055946334.jpg

    विशेष अतिथि तथा मोटिभेसन स्पिकर भिके शर्माले खुसी प्राप्तिको आधार सकारात्मक सोच भएको बताउनुभयो। उहाँले व्यक्तित्व विकासका लागि निरन्तर सिकाइ, अनुशासन र आत्मविश्वास आवश्यक हुने धारणा राख्नुभयो। "सकारात्मक सोचले मानिसलाई कठिन परिस्थितिमा पनि अगाडि बढ्न प्रेरित गर्छ," उहाँले भन्नुभयो, "आफ्नो व्यक्तित्व विकास गर्न नयाँ–नयाँ सीप सिक्नुस्, कडा मिहिनेत गर्नुस् र चुनौतीहरूलाई अवसरका रूपमा लिनुस्।"

    FB_IMG_1782094658828~2.jpg

    उहाँले विद्यार्थीहरूलाई कठिन विषय वा चुनौतीबाट भाग्न नहुने भन्दै गाह्रो विषयलाई बारम्बार अध्ययन र अभ्यास गरेर सहज बनाउन सकिने उल्लेख गर्नुभयो। "गारो विषय नपढ्ने होइन, धेरै पढेर सजिलो बनाउने हो," भन्ने प्रेरणादायी भनाइमार्फत उहाँले विद्यार्थीहरूलाई निरन्तर प्रयासको महत्व बुझाउनुभयो।

    FB_IMG_1782055976886.jpg

    कलेजका एकेडेमिक डाइरेक्टर टंक प्रसाद गैरेले विद्यार्थी जीवनमा सकारात्मक दृष्टिकोण, लक्ष्यप्रति स्पष्टता र निरन्तर मेहनतको आवश्यकता औँल्याउनुभयो। उहाँले शैक्षिक उपलब्धि मात्र नभई नेतृत्व क्षमता, सञ्चार सीप, समय व्यवस्थापन तथा सामाजिक उत्तरदायित्व जस्ता गुणहरूको विकासमा पनि ध्यान दिन आग्रह गर्नुभयो। विद्यार्थीहरूले अध्ययनसँगै आफ्नो व्यक्तित्व विकासका लागि विभिन्न रचनात्मक गतिविधिमा सहभागी हुनुपर्ने उहाँको भनाइ थियो।

    FB_IMG_1782055972389.jpg

    कार्यक्रमको समापन गर्दै सभापति राहुल यादवले विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजले उत्कृष्ट शैक्षिक वातावरण, अनुभवी शिक्षक तथा आधुनिक शिक्षण पद्धतिमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासित, मेहनती र जिम्मेवार नागरिक बन्न प्रेरित गर्दै आफ्नो उज्ज्वल भविष्य निर्माणमा आजैदेखि दृढतापूर्वक लाग्न आग्रह गर्नुभयो।

    FB_IMG_1782055928908.jpg

    अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए।। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई प्रेरणादायी, ज्ञानवर्द्धक तथा भविष्यप्रति सकारात्मक ऊर्जा प्रदान गर्ने अवसरका रूपमा लिएको बताएका थिए।

    FB_IMG_1782094550137.jpgFB_IMG_1782055958684.jpgFB_IMG_1782094550242.jpg

    images
    सोमवार, आषाढ ८ २०८३०७:५१:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार