Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १–५ का शिक्षकका लागि एकदिने कार्यशाला सम्पन्न

कक्षा १–५ का शिक्षकका लागि एकदिने कार्यशाला सम्पन्न

  • 414
    SHARES

  • कक्षा १–५ का शिक्षकका लागि एकदिने कार्यशाला सम्पन्न

    Unity for Educational Excellence’ नारासहित १५० भन्दा बढी शिक्षक सहभागी

    काठमाडौं, असार ७ । डिन (DEAN) को आयोजनामा कक्षा १ देखि ५ सम्म अध्यापन गर्ने शिक्षकहरूका लागि “Unity for Educational Excellence” नारासहित एकदिने शिक्षक कार्यशाला सम्पन्न भएको छ। “Curriculum and Assessment for Teachers of Grade One to Five” विषयक उक्त कार्यशालामा डिनअन्तर्गतका २० वटा विद्यालयका १५० भन्दा बढी शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    IMG-20260621-WA0125~2.jpg

    कार्यक्रमका प्रमुख प्रशिक्षक पाठ्यक्रम विशेषज्ञ लबदेव भट्टले आधारभूत तहको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन पाठ्यक्रमको सही बुझाइ र विद्यार्थी मूल्याङ्कन प्रणालीको व्यवहारिक प्रयोग अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गर्न शिक्षकले बालमैत्री, सिर्जनात्मक तथा सहभागितामूलक शिक्षण विधि अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। शिक्षकको व्यावसायिक दक्षता र आत्मविश्वास नै गुणस्तरीय शिक्षाको प्रमुख आधार भएको उहाँको भनाइ थियो।

    IMG-20260621-WA0029.jpg

    कार्यक्रमका प्रमुख अतिथि गगन सिंह ऐरले आधारभूत तह नै सम्पूर्ण शिक्षाको जग भएकाले यस तहका शिक्षकहरूको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले शिक्षकहरूलाई निरन्तर अध्ययन, अनुसन्धान र नवीन शिक्षण अभ्यासतर्फ अग्रसर हुन आग्रह गर्दै गुणस्तरीय शिक्षाका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो।

    IMG-20260621-WA0034.jpg

    डिनका अध्यक्ष अनिल सुब्बा को सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले शिक्षकलाई आत्मविश्वासी, दक्ष र परिणाममुखी बनाउन यस्ता तालिम तथा कार्यशालाहरू आवश्यक रहेको बताउनुभयो। कक्षा १ देखि ५ सम्मको शिक्षण सिकाइको मर्मलाई आत्मसात् गर्दै विद्यार्थीको शैक्षिक उपलब्धि वृद्धि गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो। साथै, गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूको निरन्तर पेशागत विकासमा डिन प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

    IMG-20260621-WA0059.jpg

    उक्त कार्यशालामा प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष सूर्यबहादुर भण्डारी, आरबी अधिकारी तथा डिनका सल्लाहकार गोविन्द फ्याक लिम्बू लगाएत डिनसंग सम्बन्धित विभिन्न विद्यालयका प्राचार्य तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

    कार्यशालामा सहभागी शिक्षकहरूले पाठ्यक्रम कार्यान्वयन, सिकाइ उपलब्धि मूल्याङ्कन तथा कक्षाकोठा व्यवस्थापन सम्बन्धी विविध विषयमा अन्तरक्रियात्मक छलफल र अभ्यास गरेका थिए। कार्यक्रमको समापनमा सहभागी सबै शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG-20260621-WA0052.jpg

    कार्यक्रमले आधारभूत तहका शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

    IMG-20260621-WA0101.jpgIMG-20260621-WA0116.jpgIMG-20260621-WA0110.jpgIMG-20260621-WA0071.jpg

    images
    सोमवार, आषाढ ८ २०८३०८:२३:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार