Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षाशास्त्र सङ्कायको स्नातक कार्यक्रमका लागि नयाँ भर्ना आह्वान

शिक्षाशास्त्र सङ्कायको स्नातक कार्यक्रमका लागि नयाँ भर्ना आह्वान

  • 215
    SHARES

  • शिक्षाशास्त्र सङ्कायको स्नातक कार्यक्रमका लागि नयाँ भर्ना  आह्वान

    काठमाडौं, असार ८ — त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षाशास्त्र सङ्काय डीनको कार्यालय ले शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक तह प्रथम वर्ष (वार्षिक प्रणाली) अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रमहरूमा नयाँ भर्ना आह्वान गरेको छ।

    डीनको कार्यालयद्वारा जारी सूचनाअनुसार कक्षा १२ को परीक्षामा जुनसुकै विषय अध्ययन गरी GPA २.०१ वा सोभन्दा बढी प्राप्त गरी उत्तीर्ण भएका विद्यार्थीहरू स्नातक तह प्रथम वर्षमा भर्नाका लागि योग्य हुनेछन्। सम्बन्धित क्याम्पस तथा कलेजहरूमा आवेदन फाराम भरेर भर्ना प्रक्रिया पूरा गर्न सकिने जनाइएको छ।

    भर्ना कार्यक्रमअनुसार २०८३ साल असार दोस्रो हप्तादेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने तथा भर्ना हुने व्यवस्था गरिएको छ। विद्यार्थीले अध्ययन गर्न चाहेको प्रत्येक विषय वा कार्यक्रमका लागि सम्बन्धित क्याम्पसमा छुट्टाछुट्टै आवेदन फाराम बुझाउनुपर्ने व्यवस्था रहेको छ।

    डीन कार्यालयले स्नातक तह प्रथम वर्षको कक्षा सञ्चालन २०८३ साल असोजको पहिलो हप्तादेखि सुरु हुने जानकारी दिएको छ। अध्ययन गराइने विषय, कार्यक्रम तथा भर्ना प्रक्रियासम्बन्धी थप जानकारीका लागि सम्बन्धित क्याम्पस वा कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ।

    उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूका लागि शिक्षाशास्त्र सङ्कायको यो भर्ना कार्यक्रम महत्वपूर्ण अवसरका रूपमा रहेको छ। शिक्षण, शैक्षिक व्यवस्थापन तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले समयमै आवेदन प्रक्रिया पूरा गर्न डीन कार्यालयले अनुरोध गरेको छ।

    FB_IMG_1782131144370.jpg

    images
    सोमवार, आषाढ ८ २०८३०६:३१:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार