Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १२ उत्तीर्ण विद्यार्थीले १५ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र पाउने

कक्षा १२ उत्तीर्ण विद्यार्थीले १५ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र पाउने

  • 248
    SHARES

  • कक्षा १२ उत्तीर्ण विद्यार्थीले १५ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र पाउने

    हेटौंडा, असार ९ । राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय हेटौंडाले कक्षा १२ को परीक्षाफल प्रकाशित भइसकेपछि ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल (TMP) प्रमाणपत्र नतिजा प्रकाशन भएको मितिले १५ दिनपछि आवश्यक शुल्क र कागजात बुझाई प्राप्त गर्न सक्ने जानकारी दिएको छ। बोर्डले एक सूचना जारी गर्दै सो को जानकारी दिएको हो।

    कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशन भइसकेको छ। सैद्धान्तिक परीक्षामा प्रत्येक विषयमा कम्तीमा D ग्रेड तथा प्रयोगात्मक परीक्षामा कम्तीमा ८ ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले १५ दिनपछि आवश्यक शुल्क र कागजात बुझाई ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्र प्राप्त गर्न सूचनामा उल्लेख छ।

    शाखा कार्यालयले बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन जिल्लाका कक्षा १२ सञ्चालन भएका माध्यमिक विद्यालय तथा क्याम्पसहरूलाई नियमित परीक्षार्थीको प्रमाणपत्र व्यवस्थापनका लागि प्रति विद्यार्थी १ हजार ५ सय रुपैयाँका दरले शुल्क संकलन गरी एकमुष्ट रूपमा राष्ट्रिय वाणिज्य बैंकमा रहेको बोर्डको खाता नम्बर १३००१००००२०९३००१ मा रकम जम्मा गर्न अनुरोध गरेको छ।

    यसका साथै प्रमाणपत्र प्राप्तिका लागि परीक्षार्थीहरूले कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट वा लेजरको प्रमाणित प्रतिलिपि सम्बन्धित शैक्षिक संस्थामा अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

    बोर्डको यो व्यवस्थाले प्रमाणपत्र वितरण प्रक्रियालाई व्यवस्थित, छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।

    यस्तो छ सूचना !

    FB_IMG_1782199728315.jpg

    images
    मंगलवार, आषाढ ९ २०८३०८:४९:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार