Oct 02 2026 | २०८३, आश्विन १६ गते

वीरगंज महानगरपालिकाका विद्यालयमा दुई दिन गर्मी बिदा

वीरगंज महानगरपालिकाका विद्यालयमा दुई दिन गर्मी बिदा

  • 169
    SHARES

  • वीरगंज महानगरपालिकाका विद्यालयमा दुई दिन गर्मी बिदा

    वीरगंज, असार १० — अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै वीरगंज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा दुई दिन बिदा घोषणा गरेको छ।

    महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाद्वारा जारी सूचनाअनुसार बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय (मन्टेश्वरी समेत) असार ११ र १२ गते बन्द रहनेछन्। महानगरपालिकाले बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै उक्त निर्णय गरेको जनाएको छ।

    जारी सूचनामा यी दुई दिनको बिदा वर्षे बिदाबाट कट्टा हुने उल्लेख गरिएको छ। महानगरपालिकाले विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा सरोकारवालालाई सूचनाको पालना गर्न आग्रह गरेको छ।

    हाल तराईका विभिन्न जिल्लामा तापक्रम लगातार बढिरहेको छ। गर्मीका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन सक्ने भएकाले स्थानीय तहहरूले सावधानीका उपाय अपनाउन थालेका छन्। वीरगंज महानगरपालिकाको यो निर्णयलाई विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि गरिएको आवश्यक कदमका रूपमा हेरिएको छ।

    FB_IMG_1782349460396.jpg

    images
    बिहिवार, आषाढ ११ २०८३०६:५३:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार