Oct 02 2026 | २०८३, आश्विन १६ गते

नतिजा विवादबीच शिक्षामन्त्री पोखरेलको धारणा : ‘विद्यार्थीको आवाजको सम्मान गरौँ, अपमान होइन’

नतिजा विवादबीच शिक्षामन्त्री पोखरेलको धारणा : ‘विद्यार्थीको आवाजको सम्मान गरौँ, अपमान होइन’

  • 158
    SHARES

  • नतिजा विवादबीच शिक्षामन्त्री पोखरेलको धारणा : ‘विद्यार्थीको आवाजको सम्मान गरौँ, अपमान होइन’

    काठमाडौं । कक्षा १२ को नतिजालाई लिएर देशभर विद्यार्थी असन्तुष्टि र विरोध प्रदर्शन भइरहेका बेला शिक्षामन्त्री सस्मित पोखरेलले आन्दोलनरत विद्यार्थीप्रति सम्मानजनक व्यवहार गर्न सबैलाई आग्रह गरेका छन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी, व्यवस्थित र विश्वसनीय रहेको बताएका छन्। उनले नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरिएको स्पष्ट पार्दै आवश्यक जनशक्ति थप गरिएको र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याइएकाले निर्धारित समयमै नतिजा प्रकाशन सम्भव भएको उल्लेख गरेका छन्।

    मन्त्री पोखरेलले नतिजाप्रति असन्तुष्टि जनाउँदै शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका विद्यार्थीहरूको अधिकार लोकतान्त्रिक समाजको आधारभूत मूल्य भएको बताए। “आफ्नो धारणा राख्ने र आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ,” उनले भनेका छन्।

    पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा आन्दोलनरत विद्यार्थीप्रति गरिएका केही नकारात्मक टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पोखरेलले कुनै पनि व्यक्ति वा समूहलाई अपमानित गर्ने, गालीगलौज गर्ने तथा दुर्व्यवहारपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोध गरेका छन्। उनका अनुसार असहमति हुन सक्छ, तर विद्यार्थीहरूको सम्मानमाथि आघात पुग्ने व्यवहार स्वीकार्य हुन सक्दैन। यसैबीच, नतिजा प्रक्रियामाथि उठेका प्रश्नहरूको निष्पक्ष अध्ययन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने गरी विशेष समिति गठन गरिएको छ।

    समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्कको पुनः प्रमाणीकरण तथा डेटा इन्ट्री प्रक्रियाको भेरिफिकेसन गर्ने जिम्मेवारी पाएको मन्त्री पोखरेलले जानकारी दिएका छन्।

    विद्यार्थी आन्दोलन र नतिजा विवाद चर्किरहेका बेला शिक्षामन्त्रीको यो अभिव्यक्ति सरकार संवाद, पारदर्शिता र तथ्यमा आधारित निष्कर्षतर्फ अघि बढ्न तयार रहेको संकेतका रूपमा हेरिएको छ। 

    images
    बिहिवार, आषाढ ११ २०८३०४:३०:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार