शुक्रवार, आषाढ १२ २०८३
कञ्चनपुर, असार १२ — सुदूरपश्चिम विश्वविद्यालय को छैटौँ दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ। सस्मित पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित भएका छन्। समारोहमा विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गर्नुभएकी डा. तुलसी कुमारीलाई पनि दीक्षित गरिएको थियो।
यस वर्ष पहिलो पटक चार उत्कृष्ट विद्यार्थीलाई डिन्स पदक प्रदान गरिएको छ। उक्त पदक मथुरा प्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुषा जोशी र भरत साउदले प्राप्त गरेका छन्। यस्तै, चान्सलर पदक व्यवस्थापन सङ्कायका निशान्त चन्द तथा भाइस–चान्सलर पदक कृषि विज्ञान सङ्कायका कैलाशराज भट्टलाई प्रदान गरिएको छ। विभिन्न सङ्कायका नौ जना विद्यार्थीलाई स्वर्ण पदकबाट सम्मान गरिएको थियो।
दीक्षान्त समारोहमा ७६७ विद्यार्थी गाउनसहित प्रत्यक्ष सहभागी भएका थिए। सहभागीमध्ये शिक्षा सङ्कायबाट २४२, व्यवस्थापनबाट २३९, मानविकी तथा सामाजिक विज्ञानबाट १८२, इन्जिनियरिङबाट ५३, कृषि विज्ञानबाट ३३ तथा विज्ञान तथा प्रविधिबाट १८ विद्यार्थी रहेका थिए। परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार नवौँ ग्रेस लिस्टमा समावेश २,४८९ विद्यार्थीले ट्रान्सक्रिप्ट प्राप्त गरेपछि दीक्षान्तमा सहभागी भएका हुन्।
कार्यक्रममा विद्यार्थीसँगै अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई व्यवहार र राष्ट्र निर्माणमा उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले विद्यार्थीको सफलतामा अभिभावकको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै टीकापुर क्याम्पसको करिब ३०० बिघा जग्गालाई प्रभावकारी रूपमा उपयोगमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
प्रमुख अतिथि साहित्यकार तुलसी प्रसाद जोशी ले दीक्षान्त केवल प्रमाणपत्र प्राप्त गर्ने अवसर नभई शिक्षा र ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने जिम्मेवारीको सुरुआत भएको धारणा व्यक्त गर्नुभयो।
चार सञ्चारकर्मी पनि दीक्षित यसपटकको दीक्षान्त समारोहमा कञ्चनपुरमा कार्यरत सञ्चारकर्मी सुरज श्रेष्ठ, मदन गिरी, कल्पना साउद र सन्तोषी पाण्डेय पनि दीक्षित भएका छन्। उनीहरूले व्यवस्थापन तथा पत्रकारिता विषयमा स्नातक र स्नातकोत्तर तहका उपाधि प्राप्त गरेका