Oct 02 2026 | २०८३, आश्विन १६ गते

नतिजा त्रुटिको छानबिन माग्दै अनेरास्ववियुद्वारा बोर्डको कार्यालय घेराउ

नतिजा त्रुटिको छानबिन माग्दै अनेरास्ववियुद्वारा बोर्डको कार्यालय घेराउ

  • 245
    SHARES

  • नतिजा त्रुटिको छानबिन माग्दै अनेरास्ववियुद्वारा बोर्डको कार्यालय घेराउ

    काठमाडौं, असार १२ — कक्षा १२ को नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै अनेरास्ववियु ले शुक्रबार भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड को कार्यालय घेराउ गर्दै प्रदर्शन गरेको छ।

    अनेरास्ववियुले नतिजा प्रकाशनमा गम्भीर कमजोरी भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको र यसले विद्यार्थीहरू अन्यायमा परेको भन्दै निष्पक्ष छानबिनको माग गरेको हो।

    प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘विद्यार्थीमाथि अन्याय बन्द गर’, ‘शिक्षामा बेथिति अन्त्य गर’, ‘अनियमितताको छानबिन गर’, ‘दोषीलाई कारबाही गर’ र ‘शैक्षिक न्याय कायम गर’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

    FB_IMG_1782475911807.jpg

    अनेरास्ववियुकी महासचिव अञ्जना शिवाकोटी ले कक्षा १२ को नतिजा प्रकाशनमा देखिएको त्रुटिले हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड भएको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्दै विद्यार्थीको विश्वास कायम गर्न पुनर्मूल्याङ्कन र रिटोटलिङ प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनुभयो।

    प्रदर्शनमा सहभागी विद्यार्थीहरूले नतिजा छिटो सार्वजनिक गर्ने नाममा लापरवाही गर्ने जिम्मेवार कर्मचारीमाथि कारबाही गर्न, मूल्याङ्कन प्रक्रियालाई पारदर्शी बनाउन तथा विद्यार्थीको हितलाई केन्द्रमा राखेर आवश्यक सुधार गर्न माग गरेका छन्।

    images
    शुक्रवार, आषाढ १२ २०८३०५:५४:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार