Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालयमा इन्जिनियरिङ स्नातक तहमा भर्ना खुला

मध्यपश्चिम विश्वविद्यालयमा इन्जिनियरिङ स्नातक तहमा भर्ना खुला

  • 218
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयमा इन्जिनियरिङ स्नातक तहमा भर्ना खुला

    सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत ग्राजुएट स्कुल अफ इन्जिनियरिङले शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक तहका विभिन्न इन्जिनियरिङ कार्यक्रमहरूमा विद्यार्थी भर्ना खुला गरेको छ।

    विश्वविद्यालयले बीई सिभिल, बीई कम्प्युटर र बीई हाइड्रोपावर इन्जिनियरिङ कार्यक्रमका लागि आवेदन आह्वान गरेको हो। इच्छुक विद्यार्थीहरूले विश्वविद्यालयको अनलाइन पोर्टल http://103.140.1.129:9034 मार्फत आफ्नो सङ्काय, संस्था र विषय छनोट गरी आवेदन दिन सक्नेछन्।

    विश्वविद्यालयका अनुसार आवेदन दिने अन्तिम मिति २०८३ साउन २९ गते (शुक्रबार) बेलुका ५:०० बजेसम्म तोकिएको छ। प्रवेश परीक्षा २०८३ भदौ ६ गते (शनिबार) सञ्चालन हुनेछ।

    परीक्षा सुर्खेतस्थित ग्राजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभाग तथा एमआईसीडी, काठमाडौं मा हुनेछ।

    भर्ना प्रक्रिया, अनलाइन आवेदन तथा अन्य विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटबाट उपलब्ध जानकारी पुस्तिकामा हेर्न सकिने विश्वविद्यालयले जनाएको छ।

    FB_IMG_1782613717371.jpg

    images
    आइतवार, आषाढ १४ २०८३०८:२१:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार