Jul 27 2026 | २०८३, श्रावण ११ गते

उपकुलपति छनोट : तीन विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता सुरु

उपकुलपति छनोट : तीन विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता सुरु

  • 312
    SHARES

  • उपकुलपति छनोट : तीन विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता सुरु

    काठमाडौँ, १४ असार । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आइतबारदेखि सुरु भएको छ। विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले स्वीकृत गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता र मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्व चयन गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो। यसबाट विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र वस्तुनिष्ठ बनाउन प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयका विज्ञ तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ। साथै, मूल्याङ्कनलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानलको व्यवस्था गरिएको छ।

    पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबार पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन हुनेछ। यसअघि शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सम्पन्न भइसकेको छ।

    यससँगै आठवटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया निर्धारित समयसीमाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। नयाँ नेतृत्व चयनसँगै विश्वविद्यालयहरूमा सुशासन, शैक्षिक गुणस्तर र अनुसन्धानमुखी वातावरणलाई थप सुदृढ बनाउने विश्वास मन्त्रालयको

    images
    आइतवार, आषाढ १४ २०८३१२:५०:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार