Jul 27 2026 | २०८३, श्रावण ११ गते

अमेरिका बसाइँपछि विद्यालय नफर्किएका शिक्षकलाई गण्डकी सरकारद्वारा स्पष्टीकरण माग

अमेरिका बसाइँपछि विद्यालय नफर्किएका शिक्षकलाई गण्डकी सरकारद्वारा स्पष्टीकरण माग

  • 243
    SHARES

  • अमेरिका बसाइँपछि विद्यालय नफर्किएका शिक्षकलाई गण्डकी सरकारद्वारा स्पष्टीकरण माग

    पोखरा, असार ३० – गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाले पर्वतको मोदी गाउँपालिका–५ स्थित श्री महेन्द्र शिखरी माध्यमिक विद्यालयमा कार्यरत प्राथमिक तह तृतीय श्रेणीका शिक्षक वल बहादुर पुनसँग स्पष्टीकरण मागेको छ।

    महाशाखाले सार्वजनिक सूचना जारी गर्दै शिक्षक पुनले एक वर्षका लागि स्वीकृत असाधारण बिदा लिएपछि बिदा अवधि सकिँदासमेत विद्यालयमा हाजिर नभएपछि स्पस्टिकरण मागेको हो। प्रदेश सरकारको सूचनाअनुसार बिदेश गएका शिक्षकको बिदा २०८२ माघ २३ गते समाप्त भए पनि उनी विद्यालयमा उपस्थित नभई २०८२ चैत २९ गते मात्र राजीनामा पठाएका थिए।

    विद्यालय व्यवस्थापन समितिको निर्णय, विद्यालयको सिफारिस, शिक्षा विकास तथा समन्वय एकाइ पर्वतको सिफारिस तथा शिक्षक पुनले अमेरिकाको आवासीय भिसा लिएको प्रतिलिपिसमेतका आधारमा उनी बिदा सकिएपछि पनि विद्यालयमा अनुपस्थित रहेको खुलेको मन्त्रालयले जनाएको छ।

    यस विषयमा शिक्षा ऐन, २०२८ को दफा १६(ङ) बमोजिम किन कारबाही नगर्ने भन्ने सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित शिक्षा विकास महाशाखामा उपस्थित हुन निर्देशन दिइएको छ।

    महाशाखाले तोकिएको अवधिभित्र स्पष्टीकरण नदिए वा उपस्थित नभए शिक्षा ऐन, २०२८ को दफा १६(ड) तथा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १३५(ङ) बमोजिम कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।

    FB_IMG_1782783089714.jpg

    images
    मंगलवार, आषाढ १६ २०८३०७:२९:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार