Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालय कर्मचारी र ईसीडी सहजकर्ताको सेवासुविधा वृद्धि

विद्यालय कर्मचारी र ईसीडी सहजकर्ताको सेवासुविधा वृद्धि

  • 1.1K
    SHARES

  • विद्यालय कर्मचारी र ईसीडी सहजकर्ताको सेवासुविधा वृद्धि

    काठमाडौँ, असार ३० – पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा ईसीडी (बालविकास) सहजकर्ताको मासिक सेवासुविधा वृद्धि गरेको छ। पालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शैक्षिक क्षेत्रमा कार्यरत कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले सेवासुविधा बढाउने निर्णय गरेको हो।

    संशोधित व्यवस्था अनुसार विद्यालयका लेखापालको मासिक सेवासुविधा ५ हजार रुपैयाँले वृद्धि गरी २७ हजार रुपैयाँ कायम गरिएको छ। माध्यमिक तहका कार्यालय सहयोगीको मासिक सुविधा २ हजार रुपैयाँ बढाएर १९ हजार रुपैयाँ पुर्‍याइएको छ।

    त्यसैगरी आधारभूत तहका कार्यालय सहयोगीको सेवासुविधा १ हजार रुपैयाँले वृद्धि गरी १८ हजार रुपैयाँ कायम गरिएको छ भने ईसीडी (बालविकास) सहजकर्ताको मासिक सेवासुविधा ३ हजार रुपैयाँले बढाएर २२ हजार रुपैयाँ पुर्‍याइएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाले यस निर्णयले सामुदायिक विद्यालयका कर्मचारी तथा बालविकास सहजकर्ताको मनोबल बढ्नुका साथै विद्यालयको प्रशासनिक र प्रारम्भिक बालविकास सेवाको प्रभावकारिता थप सुदृढ हुने अपेक्षा गरेको छ।

     

    images
    मंगलवार, आषाढ १६ २०८३०८:२८:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार