Jul 27 2026 | २०८३, श्रावण ११ गते

ललितपुर महानगरद्वारा कक्षा ११ छात्रवृत्तिका लागि आवेदन खुला, असार मसान्तभित्र फाराम भर्न आग्रह

ललितपुर महानगरद्वारा कक्षा ११ छात्रवृत्तिका लागि आवेदन खुला, असार मसान्तभित्र फाराम भर्न आग्रह

  • 203
    SHARES

  • ललितपुर महानगरद्वारा कक्षा ११ छात्रवृत्तिका लागि आवेदन खुला, असार मसान्तभित्र फाराम भर्न आग्रह

    ललितपुर, असार ३० – ललितपुर महानगरपालिका ले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई आवेदन दिन आग्रह गरेको छ।

    संस्थागत विद्यालय छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८३ अनुसार महानगरभित्र सञ्चालित कक्षा ११–१२ सञ्चालन भएका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले २०८३ असार मसान्तभित्र सम्बन्धित विद्यालयमा आवश्यक कागजातसहित आवेदन दर्ता गर्नुपर्ने सूचना जारी गरिएको हो।

    महानगरले सम्बन्धित विद्यालयले आवेदन दर्ता गर्न अस्वीकार गरे शिक्षा महाशाखामा जानकारी गराउन समेत आग्रह गरेको छ।

    त्यसैगरी, संस्थागत विद्यालयहरूले प्राप्त आवेदनहरूको रुजु गरी कार्यविधिअनुसार विद्यार्थी सङ्ख्याका आधारमा ५०० जनासम्म विद्यार्थी भएका विद्यालयले १० प्रतिशत, ८०० जनासम्म भएका विद्यालयले १२ प्रतिशत र ८०० भन्दा बढी विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ।

    विद्यालयहरूले कार्यविधिअनुसार तयार गरिएको समूहगत विवरण २०८३ साउन ५ गतेभित्र lalitpurmetroedu@gmail.com इमेल ठेगानामा अनिवार्य रूपमा पठाउन महानगरले अनुरोध गरेको छ।

    images
    मंगलवार, आषाढ १६ २०८३०६:४२:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार