Jul 27 2026 | २०८३, श्रावण ११ गते

गाउपालिकाले बनायो आफ्नै पाठ्यक्रम

गाउपालिकाले बनायो आफ्नै पाठ्यक्रम

  • 482
    SHARES

  • गाउपालिकाले बनायो आफ्नै पाठ्यक्रम

    ५ साउन, - बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाका सबै विद्यालयमा पठाइसकेको छ ।

    गाउपालिकाले बनाएको ‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही वर्षदेखि विद्यालयमा अध्यापन गराउने तयारी समेत गरेको छ। पाठ्यक्रम विद्यालयमा पठाइ सकिएको समेत गाउँपालिकाले जनाएको छ ।

    विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रीतिरिवाजका विषयमा थाहै नभई उच्च शिक्षा अध्ययनमा पुग्ने र स्थानीय संस्कार संस्कृतिका बारेमा बेखबर हुने परिपाटीको अन्त्यका लागि कक्षा १ देखि ५ सम्म लागु हुने गरी एक विषय स्थानीय पाठ्यक्रम समावेश गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।

    अध्यक्ष बुढाले भने , ‘विद्यार्थीले राष्ट्रिय, अन्तर्राष्ट्रिय कुरा सिकेका हुन्छन् तर आफू जन्मेको, हुर्केको भूगोल, आफ्नै सँस्कृती, भाषा, परम्परा, सामाजिक अवस्था र पर्यटकीय स्थलको सामान्य ज्ञान् नहुने शिक्षाको अन्त्य हुनपर्छ भन्दै स्थानिए पाठ्यक्रम बनाइएको बताए । गाउँपालिकाले झण्डै रु सात लाख खर्चेर आफ्नै पाठ्यक्रम तयार गरेको हो ।

    हाल पालिकाभित्र २१ सामुदायिक र दुई निजी गरी २३ वटा विद्यालय अवस्थित छन। ती सबै बिद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइएको शिक्षा अधिकृत पुरन घर्तीले जानकारी दिए ।

    कक्षा १ देखि ५ सम्मका लागि तयार पाठ्यपुस्तकमा कला, संस्कृति, भूगोल, खनिज पदार्थ, कृषि, वन पैदावर, जडीबुटी, प्राकृतिक स्रोत तथा पशुपालनलगायतका विषय समेटिएको छ ।

    गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्यसचिव रहेको सात सदस्यीय पाठ्यक्रम निर्धारण समितिले पाठ्यक्रम तयार गरेको गाउँपालिकाले जनाएको छ । जिल्लाकै दुर्गम पालिकामा पर्ने तमानखोला पालिका स्थापना भएदेखि निरन्तर सामाजिक, आर्थिक तथा भौतिक विकासमा अगाडि देखिएको छ ।

    विसं २०८० सम्ममा माध्यमिक तहका लागि समेत स्थानीय पाठ्यपुस्तक तयार गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावना, स्रोत तथा भूगोलका बारेमा पाठ्यपुस्तक तयार गर्ने संवैधानिक व्यवस्थाअनुसार पाठेय पुस्तक तयार पारिएको हो ।

    ‘मेरो तमानखोला’ पाठ्यपुस्तक हप्तामा चार दिन पठनपाठन हुनेगरी १०० पूर्णाङ्कको निर्माण गरिएको हो । एक सय पूर्णाङ्कलाई दुई खण्ड (एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड) मा विभाजन गरिएको छ ।

    #Onlinekhabar बाट 

    images
    मंगलवार, श्रावण ५ २०७८०८:३७:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार