Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत

शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत

  • 2.6K
    SHARES

  • शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत

    काठमाडौँ, असार १८ । सरकारले शिक्षा नियमावली (दसौँ संशोधन), २०८३ स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावलीको १० औँ संशोधन स्वीकृत गर्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्रीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शिक्षा नियमावली (दसौँ संशोधन), २०८३ स्वीकृत भएको जानकारी दिएका हुन्।

    यसअघि शिक्षा नियमावलीको नवौँ संशोधन २०७७ फागुन ३ गते गरिएको थियो। करिब पाँच वर्षपछि सरकारले शिक्षा नियमावलीमा पुनः संशोधन गरेको हो।

    संशोधित नियमावलीको पूर्ण पाठ सार्वजनिक भएपछि त्यसमा समावेश भएका नयाँ व्यवस्था, संशोधन तथा कार्यान्वयनका प्रावधानहरू स्पष्ट हुने अपेक्षा गरिएको छ।

    images
    बिहिवार, आषाढ १८ २०८३०८:०१:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार