Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिधालय शिक्षा

माध्यमिक तह कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने [ हेर्नुस तालिका सहित]

माध्यमिक तह कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने [ हेर्नुस तालिका सहित]

  • 1.3K
    SHARES

  • माध्यमिक तह कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने [ हेर्नुस तालिका सहित]

    काठमाडौ, साउन ४- राष्ट्रिय परीक्षा बोर्डले माद्यामिक तह कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले साउन ३१ गत देखि भदौ ९ गतेसम्ममा सञ्चालन गरिसक्ने निर्णय गरेको हो । 

    कक्षा १२ को परीक्षा गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अनुमति दिएसंगै बोर्डले साउन ३१ गते देखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डक अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । यसअघि परिक्षा भौतिक उपस्थितीमा हुने बताइ सकेको छ।

    गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएका भन्दै यस बर्ष पुर्णाअंक १०० कै हुने बताइएको छ। परीक्षा बोर्डले बिहान १०.४५ देखि तीन घण्टा सञ्चालन गर्ने भएको छ । 

    यसअघि बोर्डले गतवर्ष समय र अंकभार घटाएर ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा गरेको थियो ।

    यसैगरी बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने भएको छ । यसवर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

    हेर्नुस तालिका परिक्षा सहित

    FB_IMG_1626788012295.jpg

     

    images
    मंगलवार, श्रावण ५ २०७८०६:१८:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार