Jul 27 2026 | २०८३, श्रावण ११ गते

माइलस्टोनद्वारा एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित बिदाइ

माइलस्टोनद्वारा एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित बिदाइ

  • 659
    SHARES

  • माइलस्टोनद्वारा एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित बिदाइ

    काठमाडौं। नागार्जुन नगरपालिका–७, रामकोटस्थित माइलस्टोन युथ इङ्लिस स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ मा उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित बिदाइ गरेको छ। विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीको उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

    IMG-20260705-WA0001.jpg

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति क्याप्टेन बिनय गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागार्जुन नगरपालिका–७ का वडाध्यक्ष शैलेन्द्र लामा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विद्यालयका प्राचार्य शिवराम गिरि, नागार्जुन नगरपालिका वडा सदस्य तथा समाजसेवी भगवानराज घले, विद्यालय व्यवस्थापन समितिका सदस्य जयराम गिरि, लेखापाल हरिशरण गिरि तथा शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

    IMG-20260705-WA0002~2.jpg

    कार्यक्रमको सञ्चालन सहप्राचार्य दिनेश भट्टराईले गरेका थिए भने विद्यालय संयोजक बिन्दु गिरिले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै नागार्जुन नगरपालिका–८ का वडाध्यक्ष सुरजकुमार पोखरेलले विद्यार्थीलाई आफ्नो रुचिअनुसारको विषय छनोट गर्न आग्रह गर्दै सपना पूरा गर्न निरन्तर मेहनत र समर्पण आवश्यक पर्ने बताए। उनले सफलताको आधार सही निर्णय र अथक परिश्रम भएको उल्लेख गरे।

    IMG-20260705-WA0072~2.jpg

    विद्यालयका प्राचार्य शिवराम गिरिले एसईईको नतिजा जीवनको अन्तिम गन्तव्य नभई नयाँ यात्राको सुरुआत भएको बताए। उनले मार्कसिटमा राम्रो जीपीए ल्याउनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै जीवनमा पनि उत्कृष्ट उपलब्धि हासिल गर्न कक्षा ११ र १२ मा समेत अनुशासन, लगनशीलता र मेहनतलाई निरन्तरता दिन विद्यार्थीलाई सुझाव दिए।

    IMG-20260705-WA0083~2.jpg

    प्रमुख अतिथि शैलेन्द्र लामाले माइलस्टोन युथ इङ्लिस स्कुल नागार्जुन नगरपालिकाको नमुना विद्यालयका रूपमा स्थापित भएको उल्लेख गर्दै विद्यालयले दिएको शिक्षा, संस्कार र मूल्यलाई जीवनभर आत्मसात् गर्न विद्यार्थीलाई आग्रह गरे। उनले अभिभावकलाई पनि आफ्ना छोराछोरीको शैक्षिक तथा व्यक्तिगत विकासमा निरन्तर ध्यान दिन अनुरोध गर्दै विद्यार्थी समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक बन्नुपर्नेमा जोड दिए।

    IMG-20260705-WA0097~2.jpg

    कार्यक्रमको समापन गर्दै सभापति क्याप्टेन बिनय गिरिले आफूले रुचिअनुसार फरक विषय अध्ययन गरेकै कारण नेपाली सेनामा क्याप्टेन बन्न सफल भएको अनुभव सुनाउँदै विद्यार्थीलाई अरूको प्रभावमा होइन, आफ्नो रुचि, क्षमता र लक्ष्यअनुसार विषय छनोट गर्न आग्रह गरे। उनले लहैलहैमा निर्णय नगरी सोचविचार गरेर अघि बढ्न सके जीवनमा सफलता प्राप्त गर्न सहज हुने बताए।

    IMG-20260705-WA0108~2.jpg

    कार्यक्रममा एसईई–२०८२ मा उत्तीर्ण विद्यार्थीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मानसहित बिदाइ गरिएको थियो। विद्यालयले विद्यार्थीको आगामी शैक्षिक यात्रा सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना व्यक्त गर्दै उनीहरूलाई जीवनका हरेक क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गरेको जनाएको छ।

    IMG-20260705-WA0007~2.jpgIMG-20260705-WA0011~2.jpgIMG-20260705-WA0055.jpgIMG-20260705-WA0044.jpg

    images
    आइतवार, आषाढ २१ २०८३०८:३५:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार