Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौं महानगर प्याब्सन ११ नगर समितिमध्ये सर्वोत्कृष्ट, रु. १ लाखसहित सम्मानित

काठमाडौं महानगर प्याब्सन ११ नगर समितिमध्ये सर्वोत्कृष्ट, रु. १ लाखसहित सम्मानित

  • 186
    SHARES

  • काठमाडौं महानगर प्याब्सन ११ नगर समितिमध्ये सर्वोत्कृष्ट, रु. १ लाखसहित सम्मानित

    काठमाडौं, असार २१ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित एसईई–२०८२ सम्मान समारोह–२०८३ मा काठमाडौं महानगर प्याब्सन जिल्ला अन्तर्गतका ११ नगर समितिमध्ये काठमाडौं महानगर प्याब्सन सर्वोत्कृष्ट नगर समिति घोषित भएको छ।

    उत्कृष्ट कार्यसम्पादनका आधारमा महानगर समितिलाई रु. १ लाख नगदसहित सम्मान प्रदान गरिएको हो। अध्यक्ष गगनसिंह ऐरको नेतृत्वमा समितिले शैक्षिक वर्ष २०८२ भरि विद्यार्थीकेन्द्रित कार्यक्रम, शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि, विद्यालय सञ्चालकहरूको नेतृत्व विकास, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा गुणस्तरीय शिक्षासम्बन्धी विविध प्रभावकारी कार्यक्रम सञ्चालन गरेको थियो।

    समितिले सञ्चालन गरेका नवप्रवर्तनमुखी तथा परिणाममुखी शैक्षिक गतिविधिका आधारमा काठमाडौं जिल्लाअन्तर्गतका ११ नगर समितिमध्ये उत्कृष्ट बन्न सफल भएको आयोजकले जनाएको छ।

    सम्मानपछि बोल्दै अध्यक्ष गगन सिंह ऐरले यो उपलब्धि कार्यसमिति, सदस्य विद्यालय, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूको सामूहिक प्रयासको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय, नवप्रवर्तनमुखी र विद्यार्थीमैत्री शिक्षाको अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो छ।

    images
    आइतवार, आषाढ २१ २०८३०९:५३:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार