Jul 27 2026 | २०८३, श्रावण ११ गते

एडीबी अध्यक्ष मासातो कान्दा विश्वनिकेतनमा, शिक्षकका लागि एआई लिट्रेसी कार्यक्रम शुभारम्भ

एडीबी अध्यक्ष मासातो कान्दा विश्वनिकेतनमा, शिक्षकका लागि एआई लिट्रेसी कार्यक्रम शुभारम्भ

  • 185
    SHARES

  • एडीबी अध्यक्ष मासातो कान्दा विश्वनिकेतनमा, शिक्षकका लागि एआई लिट्रेसी कार्यक्रम शुभारम्भ

    काठमाडौं, असार २२। एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दा काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालय पुगेर शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट कार्यक्रम शुभारम्भ गर्नुभएको छ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगै आयोजित कार्यक्रममा एडीबी अध्यक्ष कान्दाले शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमा सक्षम बनाउने उद्देश्यले तयार गरिएको तालिम मोडुलको औपचारिक शुभारम्भ गर्नुभयो।

    शिक्षा तथा खेलकुद मन्त्रालय र एडीबीको प्राविधिक सहकार्यमा सञ्चालन हुने उक्त तालिम अनलाइन तथा स्व–अध्ययन (Self-paced Learning) प्रणालीमा आधारित रहेको छ। तालिममार्फत शिक्षकहरूलाई एआई सम्बन्धी आधारभूत ज्ञान, डिजिटल सीप तथा आधुनिक शिक्षण विधिको प्रयोगसम्बन्धी दक्षता विकास गराइने मन्त्रालयले जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडीबीले करिब पाँच दशकदेखि पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै डिजिटल रूपान्तरण, प्रविधिमैत्री शिक्षण र प्राविधिक शिक्षाको विकासमा आगामी दिनमा पनि सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

    FB_IMG_1783411183832.jpg

    विश्वनिकेतन माध्यमिक विद्यालयबाट सुरु गरिएको यस पाइलट कार्यक्रमलाई विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ताको उपयोग विस्तार गर्दै शिक्षकहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

    images
    मंगलवार, आषाढ २३ २०८३०१:५०:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार