Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकलाई सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, ढिलाइ गरे १० हजार रुपैयाँ जरिवाना

शिक्षकलाई सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, ढिलाइ गरे १० हजार रुपैयाँ जरिवाना

  • 206
    SHARES

  • शिक्षकलाई सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, ढिलाइ गरे १० हजार रुपैयाँ जरिवाना

    काठमाडौं, असार २४ । राष्ट्रिय किताबखाना (शिक्षक) ले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन देशभरका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूलाई आग्रह गरेको छ। कानुनअनुसार आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था रहेको जनाइएको छ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम प्रत्येक शिक्षकले आफ्नो तथा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकिएको ढाँचामा पेस गर्नुपर्नेछ।

    राष्ट्रिय किताबखानाका अनुसार विद्यालय वा स्थानीय तहले शिक्षकहरूको सम्पत्ति विवरण सङ्कलन गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत २०८३ साउन १ गतेदेखि भदौ २९ गतेभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा अनिवार्य रूपमा पुग्ने गरी पठाउनुपर्नेछ। व्यक्तिगत रूपमा किताबखानामा उपस्थित हुन आवश्यक नपर्ने व्यवस्था गरिएको छ।

    अध्ययन बिदा, असाधारण बिदा, लामो काज, निलम्बनमा रहेका तथा आर्थिक वर्ष २०८२/८३ भित्र सेवानिवृत्त भएका शिक्षकले समेत सम्पत्ति विवरण बुझाउनुपर्नेछ।

    तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई १० हजार रुपैयाँ जरिवाना हुने जनाउँदै किताबखानाले समयमै विवरण पेस गर्न अनुरोध गरेको छ। सम्पत्ति विवरण फाराम कार्यालयको वेबसाइटमा उपलब्ध रहेको र विवरण दर्ता भएपछि सम्बन्धित शिक्षकको मोबाइलमा एसएमएसमार्फत जानकारी प्राप्त हुने जनाइएको छ।

    images
    बुधवार, आषाढ २४ २०८३०९:२३:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार