Jul 27 2026 | २०८३, श्रावण ११ गते

निरन्तर विद्यार्थी मूल्याङ्कन र पोर्टफोलियो विकाससम्बन्धी अभिमुखीकरण सम्पन्न

निरन्तर विद्यार्थी मूल्याङ्कन र पोर्टफोलियो विकाससम्बन्धी अभिमुखीकरण सम्पन्न

  • 242
    SHARES

  • निरन्तर विद्यार्थी मूल्याङ्कन र पोर्टफोलियो विकाससम्बन्धी अभिमुखीकरण सम्पन्न

    काठमाडौं, असार २४। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौं महानगर कार्यसमितिको आयोजनामा निरन्तर विद्यार्थी मूल्याङ्कन र पोर्टफोलियो विकाससम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ।

    नक्सालस्थित काठमाडौं इङ्लिस स्कुलले प्रायोजन गरेको "Orientation on Continuous Assessment System and Portfolio Development" विषयक शिक्षक अभिमुखीकरण कार्यक्रम काठमाडौँ विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो।

    FB_IMG_1783587976730~2.jpg

    कार्यक्रमको अध्यक्षता प्याब्सन काठमाडौं महानगर समितिका अध्यक्ष गगन सिंह ऐरले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा प्रलाद खनाल तथा विशिष्ट अतिथिका रूपमा थकिन कुमार गुरुङ सहभागी हुनुभएको थियो। कार्यक्रममा प्याब्सन महानगर समितिका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    अभिमुखीकरण कार्यक्रमका मुख्य प्रशिक्षक प्रा.डा. वासुदेव सुवेदी रहनुभएको थियो। उहाँले विद्यालयमा लागू भइरहेको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (Continuous Assessment System–CAS) लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, विद्यार्थीको सिकाइ उपलब्धिको अभिलेखीकरण, पोर्टफोलियो विकास तथा व्यवहारिक मूल्याङ्कनका आधुनिक विधिबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।

    IMG-20260708-WA0012.jpg

    तालिमका क्रममा कक्षाकोठा सहभागिता मूल्याङ्कन रुब्रिक्स (Classroom Participation Rubric) र मौखिक कार्य मूल्याङ्कन रुब्रिक्स (Oral Task Rubric) को प्रयोगात्मक अभ्यास गराइएको थियो। सहभागिताको सक्रियता, सुन्ने तथा सम्मान गर्ने शैली, तयारी, समूहकार्य, विषयवस्तुको ज्ञान, प्रवाह, आत्मविश्वास, हाउभाउ तथा प्रश्न सुन्ने र जवाफ दिने क्षमताका आधारमा विद्यार्थीको सिकाइलाई कसरी निष्पक्ष र प्रभावकारी रूपमा मूल्याङ्कन गर्न सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो।

    IMG-20260708-WA0031.jpg

    प्रशिक्षक सुवेदीले निरन्तर मूल्याङ्कन केवल अंक दिने प्रक्रिया नभई विद्यार्थीको सिकाइ सुधार, आत्मविश्वास अभिवृद्धि तथा शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले पोर्टफोलियो विकासले विद्यार्थीको समग्र प्रगतिको अभिलेख राख्न तथा सिकाइ उपलब्धिको प्रमाण सङ्कलन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    IMG-20260708-WA0041.jpg

    सहभागी शिक्षकहरूले यस्ता रुब्रिक्स र पोर्टफोलियो प्रणालीको प्रयोगले विद्यार्थीको समग्र सिकाइ उपलब्धिको वस्तुगत मूल्याङ्कन गर्न, नियमित अभिलेख राख्न तथा व्यक्तिगत सिकाइ सुधारका लागि आवश्यक पृष्ठपोषण प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए।

    कार्यक्रममा विद्यालय शिक्षालाई थप गुणस्तरीय, विद्यार्थीकेन्द्रित, व्यवहारिक तथा उपलब्धिमूलक बनाउन निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिइएको थियो।

    FB_IMG_1783587995081.jpgIMG-20260708-WA0016.jpgIMG-20260708-WA0059.jpg

    images
    बिहिवार, आषाढ २५ २०८३०३:२६:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार