Oct 02 2026 | २०८३, आश्विन १६ गते

सातै प्रदेशमा नमूना अटिजम विद्यालय स्थापना गर्ने अवधारणा, प्राविधिक समितिले बुझायो प्रतिवेदन

सातै प्रदेशमा नमूना अटिजम विद्यालय स्थापना गर्ने अवधारणा, प्राविधिक समितिले बुझायो प्रतिवेदन

  • 189
    SHARES

  • सातै प्रदेशमा नमूना अटिजम विद्यालय स्थापना गर्ने अवधारणा, प्राविधिक समितिले बुझायो प्रतिवेदन

    काठमाडौं, असार २५ । अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय, समावेशी र पहुँचयोग्य शिक्षा सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापनसम्बन्धी अवधारणा पत्र तयारी प्राविधिक समितिले आफ्नो प्रतिवेदन शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलसमक्ष बुझाएको छ।

    1783603299845~2.jpg

    करिब तीन महिनाको अध्ययन तथा परामर्शपछि तयार गरिएको प्रतिवेदनमा देशका सातै प्रदेशमा एक–एक वटा नमूना अटिजम विद्यालय स्थापना गर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा अटिजममैत्री भौतिक पूर्वाधार विकास, आवश्यक दक्ष जनशक्ति व्यवस्थापन, शिक्षकको विशेष तालिम, पाठ्यसामग्री विकास तथा अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने सुझाव समेटिएको छ।

    समितिले अटिजम भएका बालबालिकाको आवश्यकता अनुरूप शिक्षण–सिकाइ वातावरण निर्माण गर्दै उनीहरूलाई गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्न दीर्घकालीन नीति तथा कार्यक्रम आवश्यक रहेको औंल्याएको छ।

    मन्त्रालयले उक्त प्रतिवेदनका सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत तथा कार्यान्वयन प्रक्रियालाई अघि बढाउने जनाएको छ।

    यस पहलले अटिजम भएका बालबालिकाका लागि समान शैक्षिक अवसर सुनिश्चित गर्दै समावेशी शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

    images
    बिहिवार, आषाढ २५ २०८३०७:५५:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार