Oct 02 2026 | २०८३, आश्विन १६ गते

अनुमतिबिनै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयबारे जानकारी दिन मन्त्रालयको आग्रह

अनुमतिबिनै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयबारे जानकारी दिन मन्त्रालयको आग्रह

  • 211
    SHARES

  • अनुमतिबिनै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयबारे जानकारी दिन मन्त्रालयको आग्रह

    काठमाडौं, असार २५ । शिक्षा तथा खेलकुद मन्त्रालयले A-Level, CBSE, IBDP लगायत विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम अनुमति नलिई सञ्चालन गर्ने शैक्षिक संस्थाबारे जानकारी उपलब्ध गराउन आम सरोकारवालासँग आग्रह गरेको छ।

    मन्त्रालयको विद्यालय शिक्षा शाखाले बुधबार सूचना जारी गर्दै विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर सञ्चालन गरिने A-Level, CBSE, IBDP लगायतका शैक्षिक कार्यक्रम मन्त्रालयबाट अनुमति प्राप्त गरेपछि मात्र सञ्चालन गर्न पाइने कानुनी व्यवस्था रहेको जनाएको छ।

    सूचनाअनुसार केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई प्रचलित कानुनी व्यवस्थाविपरीत यस्ता कार्यक्रम सञ्चालन गरिरहेको तथा अनुमति नै नलिएको अवस्थामा पनि अनुमति प्राप्त गरेको भनी प्रचारप्रसार गरी विद्यार्थी र अभिभावकलाई भ्रममा पारिरहेको विषय विभिन्न सञ्चार माध्यममा आएको मन्त्रालयको भनाइ छ।

    त्यस्ता शैक्षिक कार्यक्रम अनुमति बिना सञ्चालन भएको जानकारी भएमा सम्बन्धित शैक्षिक संस्थाको विवरण लिखित रूपमा मन्त्रालयको विद्यालय शिक्षा शाखाको इमेल schooledu.sec@moest.gov.np मा तीन दिनभित्र पठाउन मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले प्राप्त सूचनाका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

    1783608641476.jpg

    images
    बिहिवार, आषाढ २५ २०८३०९:०१:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार